
काठमाडौँ, जेठ २०।नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलविरुद्ध सर्वाेच्च अदालतमा दायर रिट निवेदनमा आज मंगलबार अन्तरिम आदेशबारे छलफल हुने भएको छ।गभर्नर पौडेलको योग्यता र नियुक्ति प्रक्रियामा प्रश्न उठाउँदै दर्ता रिटमा आज दोस्रोपटक सुनुवाइ हुन लागेको हो।न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासमा बुधबार (जेठ १४ गते) प्रारम्भिक सुनुवाइ हुँदा नेपाल सरकारसहितका विपक्षीलाई नियुक्तिको...