
काठमाडौँ।नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशनको दोस्रो दिनको बन्दसत्र एक घण्टा ढिला सुरु भएको छ। ललितपुरको हरिसिद्धि घुम्तीमा महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधिको गाडीले एक बालिकालाई ठक्कर दिएपछि स्थानीयले बाटो अवरुद्ध गरेका कारण कार्यक्रममा ढिलाइ भएको हो।अध्यक्ष तथा प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले दुर्घटना भवितव्य भएको र यसलाई लिएर कसैले...