
काठमाडौँसर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल २० दिनका लागि बिदामा बसेकी छन् । प्रधानन्यायाधीश डा. मनोज कुमार शर्माले पदभार ग्रहण गरेसँगै उनले बुधबारदेखि लागू हुने गरी बिदा लिएकी हुन्। सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार न्यायाधीश प्रधानले आफैं बिदा स्वीकृत गरेकी हुन्।यसअघि पूर्वप्रधानन्यायाधीश प्रकाशमानसिंह राउत उमेरहदका कारण अवकाश भएपछि...