श्रम स्वीकृति पाएपछि मात्र विमानस्थल जान अध्यागमन विभागको आग्रह

Author

सजिलो पत्रिका

२०८३ जेठ १७, आइतबार

5
Share
Featured
  • अध्यागमन विभाग ले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई श्रम स्वीकृति प्राप्त भएपछि मात्र विमानस्थल जान आग्रह गरेको छ।
  • आवेदन दर्ता हुनु र श्रम स्वीकृति प्राप्त हुनु फरक प्रक्रिया भएकाले स्वीकृति बिना प्रस्थान अनुमति नदिइने विभागले जनाएको छ।
  • अनावश्यक झन्झट, आर्थिक भार र मानसिक तनावबाट बच्न श्रम स्वीकृतिको अवस्था यकिन गरेर मात्र यात्रा तय गर्न श्रमिकलाई अनुरोध गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

अध्यागमन विभागले वैदेशिक रोजगारीका लागि विदेश जाने नेपाली श्रमिकहरूलाई अनिवार्य रूपमा श्रम स्वीकृति प्राप्त भएपछि मात्र यात्रा तय गर्न अनुरोध गरेको छ। कतिपय श्रमिकहरू श्रम स्वीकृतिका लागि आवेदन मात्र दिएर, तर स्वीकृति प्राप्त नहुँदै विमानस्थल पुग्ने गरेकाले उनीहरूले अनावश्यक झन्झट र समस्या व्यहोर्नुपरेको विभागले जनाएको छ।

विभागका अनुसार, धेरैजसो श्रमिकको तर्फबाट अन्य व्यक्ति वा एजेन्टले आवेदन दर्ता गरिदिएका हुन्छन्, तर स्वीकृतिको वास्तविक अवस्थाबारे स्वयं श्रमिकलाई जानकारी हुँदैन। आवेदन दर्ता हुनु र स्वीकृति पाउनु फरक कुरा भएको स्पष्ट पार्दै विभागले स्वीकृतिको प्रमाण विना प्रस्थान अनुमति दिन नसकिने बताएको छ।

अनावश्यक आर्थिक भार र मानसिक तनावबाट बच्न आफ्नो श्रम स्वीकृति जारी भइसकेको आधिकारिक रूपमा यकिन गरेर मात्र घरबाट निस्कन विभागले सबै श्रमिकहरूलाई सचेत गराएको छ। श्रम अनुमति आवेदन प्रक्रियामा मात्र रहेको अवस्थामा अध्यागमनले प्रस्थान अनुमति नदिने विभागको प्रेस विज्ञप्तिमा उल्लेख छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सुधन गुरुङबारे छानबिन समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

    काठमाडौँ।तत्कालीन गृहमन्त्री सुदन गुरुङमाथि लागेको अकुत सम्पत्तिको आरोपबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिले शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई आफ्नो प्रतिवेदन बुझाएको छ। जेठ १८ गते म्याद सकिएको समितिले पाँच दिनको थप समय लिएर प्रतिवेदन तयार पारेको हो।सम्पत्तिको स्रोत नखुलेको र अकुत सम्पत्ति जोडेको समाचार सार्वजनिक भएपछि गुरुङले गत वैशाख ९

    Data is loading...

    Loading brands...

    Loading footer...