प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने परम्परा बसाले

Author

सजिलो पत्रिका

२०८३ जेठ १५, शुक्रबार

7
Share
Featured
  • प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले गणतन्त्र दिवस समारोहमा सम्बोधन नगरी पुरानो परम्परा तोडेका छन्।
  • यसपटक संविधानको मर्मअनुसार राष्ट्रप्रमुखबाटै सम्बोधन हुनुपर्ने भन्दै राष्ट्रपति रामचन्द्र पौडेलले मात्र सम्बोधन गरेका हुन्।
  • टुँडिखेलको समारोहमा सुरक्षा निकायहरूको मार्च पास्ट, सांस्कृतिक झाँकी तथा विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
समाचार सारांशGenerated using AI.

 काठमाडौँ

काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा आज आयोजित गणतन्त्र दिवसको विशेष समारोहमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्बोधन नगरी पुरानो परम्परा तोडेका छन्। विगतमा यस्तो समारोहमा प्रधानमन्त्रीले सम्बोधन गर्ने अभ्यास रहे पनि यसपटक राष्ट्रपति रामचन्द्र पौडेलले मात्र समारोहलाई सम्बोधन गरे।

प्रधानमन्त्री बनेदेखि नै सार्वजनिक समारोहहरूमा सम्बोधन नगर्ने नीति लिएका बालेनले यसपटक पनि सोही शैली अपनाएका हुन्। शीतल निवास स्रोतका अनुसार प्रधानमन्त्री कार्यालयले संविधानको मर्मअनुसार राष्ट्रप्रमुखबाटै सम्बोधन हुनुपर्ने भन्दै राष्ट्रपतिलाई सम्बोधन गरिदिन औपचारिक पत्राचार गरेको थियो।

समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। सो अवसरमा नेपाली सेना, नेपाल प्रहरीसशस्त्र प्रहरी बलका साथै स्थानीय तहका तर्फबाट विभिन्न सांस्कृतिक झाँकी र मार्च पास्ट प्रदर्शन गरिएको थियो। वि.सं. २०६५ जेठ १५ गते २४० वर्षे राजतन्त्रको अन्त्य भई नेपालमा गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको सम्झनामा यो दिवस मनाइँदै आएको छ।

यो समाचारमा

बालेन्द्र शाह (बालेन)रामचन्द्र पौडेलसशस्त्र प्रहरी बलकाठमाडौँ
नेपाली सेना5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सुधन गुरुङबारे छानबिन समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

    काठमाडौँ।तत्कालीन गृहमन्त्री सुदन गुरुङमाथि लागेको अकुत सम्पत्तिको आरोपबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिले शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई आफ्नो प्रतिवेदन बुझाएको छ। जेठ १८ गते म्याद सकिएको समितिले पाँच दिनको थप समय लिएर प्रतिवेदन तयार पारेको हो।सम्पत्तिको स्रोत नखुलेको र अकुत सम्पत्ति जोडेको समाचार सार्वजनिक भएपछि गुरुङले गत वैशाख ९

    Data is loading...

    Loading brands...

    Loading footer...