प्रधानमन्त्रीसँग छलफल गर्न सभामुख पुगे सिंहदरबार

Author

सजिलो पत्रिका

२०८३ जेठ ०७, बिहिबार

8
Share
Featured

काठमाडौँ

सभामुख डोल प्रसाद अर्यालले बिहीबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग भेटवार्ता गरेका छन्। संसद्मा प्रधानमन्त्रीको उपस्थितिको विषयलाई लिएर विपक्षी दलहरूले अवरोध गरेपछि सभामुख अर्याल सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुगेका हुन्।

प्रतिनिधिसभाको बैठकमा विपक्षी सांसदहरूले प्रधानमन्त्री प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्ने माग गर्दै विरोध जनाएका थिए। त्यसपछि संसद् बैठक प्रभावित बनेको थियो।

संसद्सँग सम्बन्धित समसामयिक विषयमा प्रधानमन्त्री शाह र सभामुख अर्यालबीच करिब आधा घण्टा छलफल भएको बताइएको छ। संसद् अवरुद्ध भएपछि सभामुख बैठक स्थगित गरेर प्रधानमन्त्रीलाई भेट्न गएको सभामुख निकट स्रोतले जनाएको छ।

यो समाचारमा

डोल प्रसाद अर्यालबालेन्द्र शाह (बालेन)काठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित

    काठमाडौँ।प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विपक्षी दलहरूले संसद अवरुद्ध गरेपछि प्रतिनिधि सभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ। सोमबारको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्रीको भनाइप्रति विरोध जनाउँदै कार्यसूचीमा प्रवेश गर्न नदिएपछि बैठक सुरुमा १५ मिनेटका लागि स्थगित गरिएको थियो।तर, दलहरूबीच सहमति जुट्न नसकेपछि संघीय संसद् सचिवालयले सूचना टाँसेर बैठक

    Data is loading...

    Loading brands...

    Loading footer...