काठमाडौँ
प्रतिनिधिसभाको जारी बैठकमा विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका छन्। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीले प्रतिनिधिसभा निर्वाचनसम्बन्धी अध्यादेश पेस गर्न लागेपछि विपक्षी दलहरूले असहमति जनाउँदै विरोध गरेका हुन्।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले गृह, रक्षा र विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। उनकै तर्फबाट मन्त्रीले अध्यादेश पेस गर्ने तयारी गरेपछि विपक्षी दलहरू नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले),नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीका सांसदहरू उठेर विरोधमा उत्रिएका हुन्।
विरोधपछि सभामुख डोल प्रसाद अर्याल र विपक्षी सांसदहरूबीच केहीबेर बहस भएको थियो। सभामुखले एमाले सांसद ऐन बहादुर महरलाई बोल्न समय दिए पनि विपक्षीले त्यो समय अपर्याप्त भएको भन्दै असन्तुष्टि जनाएका थिए।