स्वास्थ्यमन्त्री मेहता र भारतीय समकक्षी नड्डाबीच भेटवार्ता

Author

सजिलो पत्रिका

२०८३ जेठ ०६, बुधबार

13
Share
Featured

काठमाडौँ – स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता  र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी नड्डाबीच द्विपक्षीय भेटवार्ता भएको छ ।

स्वीटजरल्याण्डको जेनेभामा विश्व स्वास्थ्य सङ्गठन  ले आयोजना गरेको ७९औँ विश्व स्वास्थ्य सभामा सहभागी हुने गएको बेला उनीहरुबीच भेटवार्ता भएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए ।

उनका अनुसार भेटवार्तामा स्वास्थ्य क्षेत्रमा विद्यमान द्विपक्षीय साझेदारीलाई अझ दिगो र प्रभावकारी बनाउने सम्बन्धमा छलफल भएको छ ।

भेटवार्तामा मन्त्रालयका प्रवक्ता यशोदा अर्यालसमेत सहभागी थिए । स्वास्थ्यमन्त्री मेहता तीन सदस्यीय टोलीको नेतृत्व गर्दै सभामा भाग लिन यही जेठ ३ गते जेनेभा गएकी थिइन् ।

यो समाचारमा

निशा मेहताभारतविश्व स्वास्थ्य सङ्गठनकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    रोकीएन ईजरायली आक्रमण ,स्थिति असामान्य

     लेबनान ।  बुधवार पनि इजरायलले लेबनानमा आक्रमण गरेको बताएको छ ।युद्वविराम वार्ताको निरन्तरताको बावजुत लेबनानमा इजरायली आक्रमण जारी  रहेको छ । चिकित्सा स्रोतलाई उदृत गर्दै एएफपीले आक्रमणमा छ जनाको ज्यान गएको पुष्टि गरेको  छ । यसैबीच, इजरायली सेनाले लेबनानबाट इजरायली क्षेत्रमा प्रवेश गरेको  लडाँकु विमान  लाई रोकेको बताएको छ । इजरायली

    Data is loading...

    Loading brands...

    Loading footer...