गलतलाई गलत भन्न र रोक्न सरकार पछि हट्दैन : अर्थमन्त्री

Author

सजिलो पत्रिका

२०८३ जेठ ०५, मङ्गलबार

11
Share
Featured

काठमाडौँ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले राज्य, नीति र सार्वजनिक संस्थालाई कब्जामा लिएर सीमित समूहको मिलेमतोमा देश दोहने प्रवृत्तिलाई अब संरक्षण नगरिने दृढता व्यक्त गरेका छन्।

सङ्घीय संसद्को दुवै सदनको छुट्टाछुट्टै बैठकमा विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तमाथि सांसदहरूले उठाएको जिज्ञासाको जवाफमा उनले गलतलाई गलत भन्न र रोक्न सरकार पछि नहटने बताए।

उनले राज्य कुनै अस्थायी राजनीतिक संरचना नभएको र अविच्छिन्न उत्तराधिकारी संस्था भएकाले सरकार परिवर्तन हुँदैमा संविधानका मूल मर्म, राष्ट्रिय योजना, दिगो विकास लक्ष्यका दायित्व वा राष्ट्रिय प्राथमिकताहरू पूर्ण रूपमा नबदलिने बताए।

उनले कृषि, शिक्षा, ऊर्जा, पूर्वाधार, स्वास्थ्य र रोजगारी जस्ता विषय दशकौँदेखि राज्यको प्राथमिकताका केन्द्रमा रहेका पनि जानकारी दिए।

त्यसैले अलि फरक आलोकबाट, विषयान्तर नगरी, दस्तावेजको गहिराइमा गएर विश्लेषण गरेमा सरकारलाई पनि थप सहयोग पुग्ने उनले बताए। 

यो समाचारमा

स्वर्णिम वाग्लेकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सम्पर्कविहीन कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही

    काठमाडौँ, जेठ २१ भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अध्ययन बिदा तथा असाधारण बिदामा रहेका केही निजामती कर्मचारीहरू बिदा अवधि समाप्त भएपछि सम्बन्धित कार्यालयमा नियमित रूपमा हाजिर नभएको, लामो समयदेखि कार्यालयको सम्पर्कमा नरहेको तथा राष्ट्रिय किताबखाना (निजामती) मा व्यक्तिगत विवरण (PIS) अद्यावधिक नभएको सम्बन्धमा जानकारी तथा गुनासा प्राप्त

    Data is loading...

    Loading brands...

    Loading footer...