सदन सुचारु गर्न प्रमुख सचेतकहरूसँग सभामुखको परामर्श सुरु ।

Author

सजिलो पत्रिका

२०८३ वैशाख ३०, बुधबार

16
Share
Featured

काठमाडौँ

प्रतिनिधि सभा बैठक सुचारु गर्ने विषयमा सभामुख डोल प्रसाद अर्यालले दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग परामर्श थालेका छन्। प्रतिपक्षी दलको अवरोधपछि बैठक स्थगित भएपछि सभामुखले सहमति जुटाउन छलफल अघि बढाएका हुन्।

नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले नै सदनमा उपस्थित भएर दिनुपर्ने माग गर्दै विपक्षी दलहरूले अवरोध गरेका थिए। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सट्टा अर्थमन्त्रीलाई छलफल अघि बढाउन समय दिइएपछि विपक्षी सांसदहरूले आपत्ति जनाउँदै विरोध गरेका थिए।

विपक्षीको विरोध जारी रहेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो। त्यसपछि सभामुखले सदन सुचारु गर्ने उपाय खोज्न दलका प्रतिनिधिहरूसँग परामर्श थालेका हुन्।

यो समाचारमा

डोल प्रसाद अर्यालकाठमाडौँप्रतिनिधि सभाबालेन्द्र शाह (बालेन)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वातावरण संरक्षणमा सबैको साझा प्रयास आवश्यक- मुख्यमन्त्री कार्की

    काठमाडौँ।विश्व वातावरण दिवस (जुन ५) को अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले जलवायु परिवर्तनका कारण प्रदेशमा देखिएकागम्भीर चुनौतीप्रति चिन्ता व्यक्त गरेका छन्। शुक्रबार एक शुभकामना सन्देश जारी गर्दै उनले हिमालदेखि तराईसम्म फैलिएको कोशी प्रदेशले जलवायु परिवर्तनको प्रत्यक्ष असर भोगिरहेको उल्लेख गरे।मुख्यमन्त्री कार्कीले हिउँ पग्लने दर बढ्नु, हिमताल विस्फोटको जोखिम,

    Data is loading...

    Loading brands...

    Loading footer...