सुनको मूल्य घट्यो, चाँदीमा सामान्य वृद्धि

Author

सजिलो पत्रिका

२०८३ वैशाख ३०, बुधबार

13
Share
Featured

काठमाडौँ

स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव देखिएको छ। मङ्गलबारको तुलनामा सुनको मूल्य घट्दा चाँदीको मूल्य भने बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु तीन लाख दुई हजार २०० मा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात् मङ्गलबार यही परिमाणको सुन रु तीन लाख दुई हजार ९०० मा कारोबार भएको थियो। यसअनुसार आज सुनको मूल्य प्रतितोला रु ७०० ले घटेको महासङ्घले जनाएको छ।

त्यसैगरी, चाँदीको मूल्य भने प्रतितोला रु १५ ले बढेको छ। आज चाँदी प्रतितोला रु पाँच हजार ७१० कायम भएको छ भने मङ्गलबार यही परिमाणको चाँदी रु पाँच हजार ६९५ मा खरिदबिक्री भएको थियो।

अन्तरराष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको कारोबार जारी रहेको छ। अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज विश्व बजारमा सुन प्रतिऔँस चार हजार ७२५ अमेरिकी डलर र चाँदी प्रतिऔँस ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नीतिगत कब्जा अन्त्य गर्न सरकार निर्मम हुन्छ - अर्थमन्त्री वाग्ले

    काठमाडौँ।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकमा व्याप्त नीतिगत तथा संस्थागत कब्जा (Policy Capture) अन्त्य गर्न सरकार अझ निर्मम ढंगले अघि बढ्ने चेतावनी दिएका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले वर्तमान सरकार कुशासनबाट आजित नागरिक र व्यवसायीको जनादेशका आधारमा बनेकाले सुशासनका लागि ठूला सुधारका कदम चालिरहेको बताए।मन्त्री वाग्लेले सरकारले बजेटमार्फत

    Data is loading...

    Loading brands...

    Loading footer...