एसईईमा ननग्रेडेड विद्यार्थीका लागि तयारी कक्षा सञ्चालन गरिने

Author

सजिलो पत्रिका

२०८३ वैशाख २९, मङ्गलबार

13
Share
Featured

काठमाडौँशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका मन्त्री सस्मित पोखरेल ले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ननग्रेडेड (अनुत्तीर्ण) भएका विद्यार्थीका लागि तयारी कक्षा सञ्चालन गरिने बताएका छन् ।

मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री पोखरेलले ननग्रेडेड विद्यार्थीलाई लक्षित गरी तयारी कक्षा वा विशेष कार्यक्रम ल्याउने विषयमा मन्त्रालय प्रतिबद्ध रहेको जानकारी दिएका हुन् ।

उनले शैक्षिक संस्थामा शैक्षिक वातावरण कायम गर्न शिक्षा क्षेत्रलाई राजनीतिमुक्त बनाउने प्रयास भइरहेको पनि स्पष्ट पारे।

तर, विद्यालयमा राजनीतिक गतिविधिमा पूर्ण प्रतिबन्ध लगाउने उद्देश्य नभएको उल्लेख गर्दै उनले राजनीतिक गतिविधि गर्न चाहनेले शैक्षिक वातावरणलाई असर नगर्ने गरी बाहिरबाट गर्नुपर्ने धारणा राखे ।

मन्त्री पोखरेलले विद्यार्थी सङ्ख्या न्यून भएका विद्यालयलाई मर्ज गर्नु अन्तिम विकल्प भएको भन्दै, विद्यार्थी सङ्ख्या बढाएर विद्यमान विद्यालयलाई नै सुदृढ बनाउने नीति लिइएको जानकारी दिए ।

बैठकमा समिति सदस्यहरूले सुकुम्वासी बस्तीबाट विस्थापित बालबालिकाको शिक्षाको निरन्तरताका लागि तत्काल विशेष व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

यो समाचारमा

सस्मित पोखरेलकाठमाडौँशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन,शिक्षामन्त्री पोखरेलको अध्यक्षतामा बैठक सम्पन्न ।

    काठमाडौँ ।   काठमाडौँ विश्वविद्यालयको १०१औँ सभा (सिनेट) बैठकले नयाँ उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ । शिक्षा तथा खेलकुद मन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा आज सम्पन्न बैठकले उपकुलपति नियुक्ति प्रक्रियालाई अघि बढाउने उद्देश्यले तीन सदस्यीय सिफारिस समिति गठन गर्ने निर्णय गरेको हो ।गठित समितिको संयोजकमा सहकुलपति मन्त्री

    Data is loading...

    Loading brands...

    Loading footer...