निर्वाचन कानुन संशोधनबारे आयोगद्वारा दलहरूसँग छलफल सुरु

Author

सजिलो पत्रिका

२०८३ वैशाख २९, मङ्गलबार

13
Share
Featured

काठमाडौँ

निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न तयार गरिएको विधेयकको मस्यौदामाथि राजनीतिक दलहरूसँग औपचारिक छलफल सुरु गरेको छ। संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूको सहभागितामा मंगलबार आयोगले कान्तिपथस्थित कार्यालयमा छलफल अघि बढाएको हो।

आयोगले सातवटा निर्वाचनसम्बन्धी ऐनहरू एकीकृत गरी तयार पारेको मस्यौदा २०८० असार १८ गते नै सरकारलाई बुझाएको थियो। तर लामो समय गृह मन्त्रालयमा थन्किएपछि संसद् विघटनपश्चात् उक्त मस्यौदा पुनः आयोगमै फिर्ता पठाइएको थियो। त्यसपछि आयोगले वैशाख १५ गते सबै दलहरूलाई पत्राचार गरी सुझाव मागेको हो।

छलफलमा नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चानेपाल मजदुर किसान पार्टीलगायत दलका प्रतिनिधिहरू सहभागी भएका छन्। आयोगका तर्फबाट कायममुकायम प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित अन्य आयुक्तहरूको उपस्थितिमा राय–सुझाव संकलन भइरहेको छ।

निर्वाचन प्रणालीलाई अझ व्यवस्थित र परिष्कृत बनाउने उद्देश्यसहित तयार गरिएको मस्यौदामा दलहरूले दिने सुझाव समेटेर पुनः सरकारमार्फत संसद्मा पेश गर्ने आयोगको तयारी रहेको छ।

यो समाचारमा

राष्ट्रिय स्वतन्त्र पार्टीनिर्वाचन आयोगनेपाली काँग्रेसनेपाल मजदुर किसान पार्टी
श्रम संस्कृति पार्टी9 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रधानमन्त्री शाहको हाजिरी खोज्दै हर्क साम्पाङ

    काठमाडौँ।श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ राईले प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को उपस्थिति (हाजिरी) बारे प्रश्न उठाएका छन्। प्रतिनिधिसभा नियमावलीको नियम ४ लाई उद्धृत गर्दै साम्पाङले प्रधानमन्त्रीले बैठकमा हाजिरी जनाए/नजनाएको स्पष्ट पार्न माग गरेका हुन्।साम्पाङले भने, "प्रधानमन्त्रीज्यूले यहाँ आउँदा हाजिर गर्नुभएको छ कि छैन? यदि उहाँले हाजिर

    Data is loading...

    Loading brands...

    Loading footer...