नेकपाद्वारा सरकारमाथि गम्भीर आरोप, संसदमा कडा प्रश्न उठ्यो

Author

सजिलो पत्रिका

२०८३ वैशाख २८, सोमबार

7
Share
Featured

काठमाडौँ

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सरकार निरङ्कुशतातर्फ उन्मुख भएको भन्दै कडा प्रश्न उठाएको छ। प्रतिनिधिसभाको सोमबार बसेको बैठकको शून्य समयमा बोल्दै संसदीय दलका प्रमुख सचेतक युवराज दुलालले सरकारको कार्यशैलीप्रति आपत्ति जनाउँदै जवाफ माग गरेका हुन्।

दुलालले सुकुमबासी बस्तीमा डोजर चलाउने, संवैधानिक परिषदमार्फत प्रधानन्यायाधीश सिफारिस गर्ने जस्ता गतिविधि लोकतन्त्रविपरीत रहेको आरोप लगाए। उनका अनुसार सरकारको व्यवहारले नागरिकलाई असहज अवस्थामा पुर्‍याएको छ।

उनले सरकारमाथि कडा टिप्पणी गर्दै नागरिकलाई आत्महत्या गर्न बाध्य बनाउने अवस्था सिर्जना भएको दाबी गरे। साथै उनले सरकारलाई लक्षित गर्दै आत्महत्या दुरुत्साहनसम्बन्धी कानुनी प्रश्नसमेत उठाएका छन्।

दुलालले वर्तमान सरकार ‘रुल अफ ल’ को नाममा नियम बाहिर गएर सत्ता सञ्चालन गरिरहेको आरोप लगाउँदै यो लोकतन्त्रको सुदृढीकरणतर्फ हो वा निरङ्कुशतातर्फ भन्ने प्रश्न गरेका छन्।

उनले संवैधानिक परिषदका निर्णय प्रक्रियामाथि पनि प्रश्न उठाउँदै सहमतिको औचित्यमाथि नै चुनौती दिइएको बताए। नेकपाले यी सबै विषयमा सरकारसँग स्पष्ट जवाफ माग गरेको छ।

यो समाचारमा

काठमाडौँनेपाली कम्युनिष्ट पार्टीयुवराज दुलाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सुधन गुरुङबारे छानबिन समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

    काठमाडौँ।तत्कालीन गृहमन्त्री सुदन गुरुङमाथि लागेको अकुत सम्पत्तिको आरोपबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिले शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई आफ्नो प्रतिवेदन बुझाएको छ। जेठ १८ गते म्याद सकिएको समितिले पाँच दिनको थप समय लिएर प्रतिवेदन तयार पारेको हो।सम्पत्तिको स्रोत नखुलेको र अकुत सम्पत्ति जोडेको समाचार सार्वजनिक भएपछि गुरुङले गत वैशाख ९

    Data is loading...

    Loading brands...

    Loading footer...