एक पूर्वराष्ट्रपति र चार पूर्वप्रधानमन्त्रीले गृह मन्त्रालयको सरकारी गाडी प्रयोग गर्दै

Author

सजिलो पत्रिका

२०८३ वैशाख २४, बिहिबार

16
Share
Featured

काठमाडौँ

गृह मन्त्रालयले उपलब्ध गराएका सरकारी गाडी एक पूर्वराष्ट्रपति र चार पूर्वप्रधानमन्त्रीले प्रयोग गरिरहेको पाइएको छ। मन्त्रालयका अनुसार मन्त्रिपरिषद्को निर्णयअनुसार उनीहरूलाई उक्त सुविधा उपलब्ध गराइएको हो।

गृह मन्त्रालयको आन्तरिक प्रशासन, सवारी तथा सभा–समारोह व्यवस्थापन शाखाका अनुसार नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले दुईवटा सरकारी गाडी प्रयोग गरिरहेका छन्।

त्यस्तै, पूर्वप्रधानमन्त्रीहरू लोकेन्द्र बहादुर चन्द, डा. बाबुराम भट्टराई, झलनाथ खनालखिल राज रेग्मीले एक–एक वटा गाडी प्रयोग गरिरहेको मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यसअघि नै भीभीआईपीहरूले प्रयोग गरिरहेका सरकारी गाडीको विवरण माग गरेको थियो। त्यसको जवाफ गृह मन्त्रालयले पठाइसकेको जनाएको छ।

मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले मागिएको विवरण पठाइसकिएको जानकारी दिएका छन्। यसैबीच पूर्वप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले मापदण्डविपरीत प्रयोग गरेको भनिएको गाडी प्रधानमन्त्री कार्यालयलाई फिर्ता गरेका छन्।

यो समाचारमा

लोकेन्द्र बहादुर चन्दखिल राज रेग्मीबाबुराम भट्टराईझलनाथ खनाल
खड्गप्रसाद शर्मा ओली5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सुधन गुरुङबारे छानबिन समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

    काठमाडौँ।तत्कालीन गृहमन्त्री सुदन गुरुङमाथि लागेको अकुत सम्पत्तिको आरोपबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिले शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई आफ्नो प्रतिवेदन बुझाएको छ। जेठ १८ गते म्याद सकिएको समितिले पाँच दिनको थप समय लिएर प्रतिवेदन तयार पारेको हो।सम्पत्तिको स्रोत नखुलेको र अकुत सम्पत्ति जोडेको समाचार सार्वजनिक भएपछि गुरुङले गत वैशाख ९

    Data is loading...

    Loading brands...

    Loading footer...