कांग्रेस सांसदलाई सभापति थापाको प्रशिक्षण, संसदमा भूमिकाबारे मार्गदर्शन

Author

सजिलो पत्रिका

२०८३ वैशाख २३, बुधबार

16
Share
Featured

काठमाडौँ

नेपाली काँग्रेसका सभापति गगन थापाले पार्टीका तर्फबाट सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सांसदहरूलाई प्रशिक्षण दिने भएका छन्। संसदमा सांसदहरूले खेल्नुपर्ने भूमिकाबारे स्पष्ट पार्न यस्तो प्रशिक्षण कार्यक्रम आयोजना गर्न लागिएको हो।

बुधबार दिउँसो १ बजे सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बस्ने संसदीय दलको बैठकमा सभापति थापाले प्रशिक्षण दिने कार्यक्रम तय गरिएको छ। संसदीय दलका नेता भीष्मराज आङ्देम्बेका अनुसार बैठकमा सांसदहरूलाई संसदमा प्रभावकारी भूमिका निर्वाह गर्ने विषयमा मार्गदर्शन गरिनेछ।

बैठकमा सरकारले ल्याएका अध्यादेश, सुकुमबासी बस्तीमा उचित व्यवस्थापनबिना चलाइएको डोजरजस्ता समसामयिक विषयमा पनि छलफल हुने जनाइएको छ। साथै, यी विषयहरूलाई सङ्घीय संसदमा कसरी उठाउने भन्नेबारे रणनीति तय गर्ने तयारी रहेको नेता आङ्देम्बेले जानकारी दिएका छन्।

यो समाचारमा

सिंहदरवारकाठमाडौँनेपाली काँग्रेसगगन थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सुधन गुरुङबारे छानबिन समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

    काठमाडौँ।तत्कालीन गृहमन्त्री सुदन गुरुङमाथि लागेको अकुत सम्पत्तिको आरोपबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिले शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई आफ्नो प्रतिवेदन बुझाएको छ। जेठ १८ गते म्याद सकिएको समितिले पाँच दिनको थप समय लिएर प्रतिवेदन तयार पारेको हो।सम्पत्तिको स्रोत नखुलेको र अकुत सम्पत्ति जोडेको समाचार सार्वजनिक भएपछि गुरुङले गत वैशाख ९

    Data is loading...

    Loading brands...

    Loading footer...