काठमाडौँ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले अतिक्रमित सुकुम्वासी बस्ती खाली गर्न कडा निर्देशन दिएपछि थापाथलीस्थित सुकुम्वासीहरूले आफैँ बस्ती छाड्न थालेका छन्। गृह मन्त्रलयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री शाहले सुरक्षा निकायका प्रमुखहरूलाई भेटेर अतिक्रमित क्षेत्रहरू तत्काल खाली गराउन निर्देशन दिएका हुन्।
सरकारले आज (शुक्रबार) सम्म बस्ती खाली नगरे शनिबार बिहानैदेखि डोजर चलाउने चेतावनी दिएपछि सुकुम्वासीहरूले बिहीबार साँझदेखि नै आफ्ना सामान सार्न सुरु गरेका छन्। प्रहरीले बिहीबार साँझ नै माइकिङ गरेर बस्ती खाली गर्न अल्टिमेटम दिएको थियो। शुक्रबार बिहान पनि थापाथली क्षेत्रमा सुकुम्वासीहरूले आफ्ना सरसामान सुरक्षित स्थानमा सार्ने क्रम जारी रहेको छ। सरकारले सार्वजनिक जग्गा अतिक्रमण गरी बसेकाहरूलाई हटाउने अभियानलाई तीव्रता दिएको छ।