गृहमन्त्री गुरुङबारे रास्वपा बैठकमा छलफल भएन

Author

सजिलो पत्रिका

२०८३ वैशाख ०७, सोमबार

12
Share
Featured

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकमा गृहमन्त्री सुदन गुरुङसँग सम्बन्धित विषयमा कुनै छलफल वा निर्णय नभएको स्पष्ट गरिएको छ। सोमबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको बैठकले उक्त विषयमा निर्णय नगरेको हो।

प्रवक्ता मनिष झाले बैठकमा गृहमन्त्री गुरुङको विषय एजेन्डाकै रूपमा नरहेको जानकारी दिए। उनका अनुसार प्रस्तावित एजेन्डा तीन दिनअघि नै सदस्यहरूलाई पठाइएको थियो र बैठकमा कुनै पनि केन्द्रीय सदस्यले सो विषय उठाएका थिएनन्।

गुरुङको नाम विचौलिया दीपक भट्टसँग जोडिएको विषय चर्चामा आए पनि पार्टीको औपचारिक बैठकमा भने यसबारे छलफल नभएको झाले बताए। ‘हरेक विषय बैठकमै आउनुपर्छ भन्ने छैन, आजको बैठकमा उक्त विषय एजेन्डामा थिएन,’ उनले भने।

त्यसैगरी, पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले सरोकार सम्बन्धी पत्र पठाएको जानकारी पनि उनले दिए।

यो समाचारमा

राष्ट्रिय स्वतन्त्र पार्टीसुदन गुरुङकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भ्रष्टाचार छानबिनदेखि रोहिङ्ग्या फिर्तासम्मका मुद्दाले ततायो सदन

    काठमाडौँ । प्रतिनिधि सभाको बिहीबारको बैठकमा सांसदहरूले समसामयिक राष्ट्रिय मुद्दाहरूमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। शून्य समयमा बोल्दै सांसदहरूले भ्रष्टाचारका पुराना काण्डहरूको छानबिन, सुकुमवासी समस्याको समाधान र सार्वजनिक सेवा प्रवाहमा सुधारको माग गरेका हुन्।बैठकमा सांसद ललिताकुमारीले नेपाल भित्रिएका रोहिङ्ग्याहरूलाई फर्काउन माग गरिन् भने सांसद लक्ष्मीप्रसाद पोखरेलले साताको दुई दिने बिदा हटाउन

    Data is loading...

    Loading brands...

    Loading footer...