सञ्चार मन्त्रालयमा नयाँ आचारसंहिता लागू, सेवा प्रवाह छिटो बनाउन कडा नियम

Author

सजिलो पत्रिका

२०८३ वैशाख ०२, बुधबार

9
Share
Featured

काठमाडौँ

सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नयाँ आचारसंहिता लागू गरेको छ। मन्त्रालय तथा मातहतका सबै निकायमा कार्यरत कर्मचारीका लागि उक्त आचारसंहिता लागू गरिएको हो।

नयाँ व्यवस्थाअनुसार कुनै पनि काम कर्मचारीको डेस्क वा प्रणालीमा आएपछि सोही दिन सम्पन्न गर्नुपर्नेछ। यदि सोही दिन सम्भव नभएमा अर्को दिनभित्र अनिवार्य रूपमा काम सम्पन्न गर्नुपर्ने व्यवस्था गरिएको छ।

मन्त्रालयका सहसचिव सुवासचन्द्र शिवाकोटीका अनुसार कर्मचारीलाई जिम्मेवारीप्रति थप जवाफदेही बनाउने उद्देश्यले यो व्यवस्था लागू गरिएको हो। यसले काम छिटो र गुणस्तरीय रूपमा सम्पन्न गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

त्यस्तै, तोकिएको समयभित्र काम सम्पन्न हुन नसकेमा सम्बन्धित कर्मचारीले तत्काल आफ्नो सुपरिवेक्षकलाई जानकारी गराउनुपर्ने व्यवस्था पनि गरिएको छ।

नयाँ आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि सबै कर्मचारीसँग प्रतिबद्धतापत्रमा हस्ताक्षर गराउने जिम्मेवारी कार्यालय प्रमुखलाई दिइएको छ। साथै, मन्त्रालयले मातहतका निकायलाई स्रोतसाधनको मितव्ययी प्रयोग गर्न निर्देशन समेत दिएको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सुधन गुरुङबारे छानबिन समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

    काठमाडौँ।तत्कालीन गृहमन्त्री सुदन गुरुङमाथि लागेको अकुत सम्पत्तिको आरोपबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिले शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई आफ्नो प्रतिवेदन बुझाएको छ। जेठ १८ गते म्याद सकिएको समितिले पाँच दिनको थप समय लिएर प्रतिवेदन तयार पारेको हो।सम्पत्तिको स्रोत नखुलेको र अकुत सम्पत्ति जोडेको समाचार सार्वजनिक भएपछि गुरुङले गत वैशाख ९

    Data is loading...

    Loading brands...

    Loading footer...