हप्तामा दुई दिन बिदाले शैक्षिक क्यालेण्डर प्रभावित हुने चिन्ता

Author

सजिलो पत्रिका

२०८२ चैत २३, सोमबार

12
Share
Featured

काठमाडौँ

सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै यसको शैक्षिक क्यालेण्डरमा पर्ने असरबारे सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्। विशेषगरी शिक्षा क्षेत्रका विज्ञ तथा संस्थाहरूले यो निर्णयले पाठ्यक्रम समयमै पूरा नहुने र विद्यार्थीको सिकाइ उपलब्धिमा ह्रास आउने चेतावनी दिएका छन्।

सरकारले पेट्रोलियम पदार्थको खपत घटाउने र वैदेशिक मुद्रा सञ्चिति जोगाउने उद्देश्यले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको हो। तर, यो कदमलाई सरोकारवालाहरूले अव्यवहारिक र दीर्घकालीन रूपमा हानिकारक भन्दै आलोचना गरेका छन्। उनीहरूका अनुसार वर्षभरिमा सार्वजनिक बिदा संख्या १०४ दिन पुग्ने र धार्मिक तथा सांस्कृतिक बिदा थपिँदा कार्यदिन निकै घट्ने अवस्था सिर्जना हुनेछ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याबसन) का उपाध्यक्ष विष्णु पराजुलीले शैक्षिक सत्र ढिलो सुरु गर्ने र कार्यदिन घटाउने निर्णयले नेपालको विस्तृत पाठ्यक्रम पूरा गर्न कठिन हुने बताएका छन्। उनले शैक्षिक लक्ष्य प्राप्त गर्न कठिनाइ हुने भन्दै निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन्।

यसैबीच, सरकारी कार्यालयको समय ९ बजेदेखि ५ बजेसम्म निर्धारण गरिएको विषय पनि अव्यवहारिक देखिएको सरोकारवालाहरूको भनाइ छ। बिहानको समयमा घरायसी जिम्मेवारी र बालबालिकाको व्यवस्थापनका कारण कर्मचारी तथा सेवाग्राही दुवै प्रभावित हुने उनीहरूको तर्क छ।

त्यसैगरी, हप्तामा दुई दिन विद्यालय बिदा हुँदा बालबालिकामा मोबाइलको प्रयोग बढ्ने, अभिभावकीय निगरानी कम हुने र कुलतमा फस्ने जोखिम बढ्ने चेतावनी पनि दिइएको छ। दैनिक ज्यालादारीमा काम गर्ने परिवारहरूमा आर्थिक दबाब थपिने र बालबालिकाको हेरचाहका लागि अभिभावकलाई थप समस्या हुने बताइएको छ।

सरकारले शैक्षिक सत्र वैशाख १ बाट १५ दिन पछाडि सार्ने निर्णय पनि गरेको छ, जसले शैक्षिक क्यालेण्डरमा थप दबाब सिर्जना गर्ने सरोकारवालाहरूको भनाइ छ। उनीहरूले यस्तो निर्णयले शिक्षाको गुणस्तर, विद्यार्थीको ध्यान र समग्र शैक्षिक वातावरणमा नकारात्मक असर पार्ने भन्दै पुनर्विचार गर्न आग्रह गरेका छन्।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बाँदर आतंकको विषय उठाउने सांसद राईमाथि प्रहरीमा उजुरी

    काठमाडौँ।भोजपुरबाट निर्वाचित प्रतिनिधि सभा सदस्य ध्रुवराज राईविरुद्ध ६ सय वटा बाँदर मारेको अभियोगमा प्रहरीमा उजुरी परेको छ। ललितपुरस्थित ‘स्नेहाज केयर’ का रूपक कोइरालाले राईले एक अन्तर्वार्तामा बाँदर मारेको स्वीकार गरेको दाबी गर्दै जिल्ला प्रहरी कार्यालय भोजपुरमा जाहेरी दिएका हुन्।जाहेरीमा राईले टेम्केमैयुङ गाउँपालिकाको अध्यक्ष हुँदा बाँदर मारेको र यो कार्य राष्ट्रिय

    Data is loading...

    Loading brands...

    Loading footer...