डीपी अर्याल धादिङको गाउँबाट सभामुखसम्म, राजनीतिक यात्रामा ऐतिहासिक छलाङ

Author

सजिलो पत्रिका

२०८२ चैत २०, शुक्रबार

21
Share
Featured

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोल प्रसाद अर्याल (डीपी) प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन्। सिंहदरबारस्थित संसद् सचिवालयमा भएको मनोनयन दर्तामा उनको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध सभामुख बनेका हुन्। उनको औपचारिक घोषणा आइतबार बस्ने प्रतिनिधिसभा बैठकबाट गरिनेछ।

धादिङको ज्वालामुखी गाउँपालिका (तत्कालीन मैदी गाविस) मा २०३२ सालमा सामान्य परिवारमा जन्मिएका अर्यालको राजनीतिक यात्रा संघर्षपूर्ण रह्यो। रोजगारीको सिलसिलामा २०४९ सालमा काठमाडौँ आएका उनी सुरुमा रेस्टुरेन्ट मजदुरका रूपमा काम गर्दै पछि २०५३ सालमा जापान पुगेका थिए। त्यहाँ करिब ८ वर्ष काम गरेपछि नेपाल फर्किएका अर्याल पर्यटन, शिक्षा, सहकारी र रेमिटेन्स व्यवसायमा सक्रिय बने।

व्यवसायसँगै सामाजिक सेवामा समेत सक्रिय रहेका उनले सुमिरे टुर्स एण्ड ट्राभल्स, हेम्स स्कुल, योकोहामा जापानिज ल्याङ्ग्वेज एकेडेमी, जनसागर बचत तथा ऋण सहकारी संस्था र इजिलिंक रेमिटेन्समा नेतृत्वदायी भूमिका निभाएका थिए। कोरोना महामारीका बेला राहत र अक्सिजन वितरणमा समेत उनी सक्रिय देखिएका थिए।

२०७९ सालअघि औपचारिक रूपमा कुनै दलमा नरहे पनि सामाजिक अभियानमार्फत चर्चामा आएका अर्याल २०७९ असारमा रास्वपा गठनसँगै उपसभापति बने। सोही वर्षको निर्वाचनमा उनी समानुपातिक सांसद बनेका थिए। पछि उनी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री समेत बने।

पार्टीभित्र नेतृत्व संकट र राजनीतिक चुनौतीका बीच सभापति रवि लामिछाने पक्राउ परेपछि अर्यालले पार्टीको नेतृत्व सम्हालेका थिए। विभिन्न राजनीतिक र संगठनात्मक संकटबीच पार्टीलाई जोगाउन उनले महत्त्वपूर्ण भूमिका खेलेको रास्वपाभित्र चर्चा छ।

अब सभामुख बनेसँगै अर्यालको सक्रिय राजनीतिक यात्रा पाँच वर्षका लागि संवैधानिक रूपमा रोकिनेछ। सभामुखको भूमिकामा पुगेपछि उनी पार्टी राजनीतिबाट अलग रहनुपर्ने व्यवस्था छ।

राजनीतिक अनुभव, व्यवसायिक पृष्ठभूमि र संगठनात्मक भूमिकाका आधारमा उनी राज्यको चौथो वरीयताको पदमा पुगेका हुन्। तर संसद् सञ्चालन, संघीय कानुन निर्माण र राजनीतिक समन्वयमा उनको भूमिकामा ठूला चुनौतीहरू रहने विश्लेषण गरिएको छ।

यो समाचारमा

डोल प्रसाद अर्यालकाठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टीधादिङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सुधन गुरुङबारे छानबिन समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

    काठमाडौँ।तत्कालीन गृहमन्त्री सुदन गुरुङमाथि लागेको अकुत सम्पत्तिको आरोपबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिले शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई आफ्नो प्रतिवेदन बुझाएको छ। जेठ १८ गते म्याद सकिएको समितिले पाँच दिनको थप समय लिएर प्रतिवेदन तयार पारेको हो।सम्पत्तिको स्रोत नखुलेको र अकुत सम्पत्ति जोडेको समाचार सार्वजनिक भएपछि गुरुङले गत वैशाख ९

    Data is loading...

    Loading brands...

    Loading footer...