गृहमन्त्री सुधन गुरुङद्वारा पदभार ग्रहण, सेवा प्रवाहमा 'एकद्वार प्रणाली' लागू गर्ने पहिलो निर्णय

Author

सजिलो पत्रिका

२०८२ चैत १३, शुक्रबार

19
Share
Featured
  • नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालयमा पदभार ग्रहण गर्दै Balendra Shah नेतृत्वको सरकारमा गृहमन्त्रीको जिम्मेवारी सम्हालेका छन्।
  • पदभार ग्रहणसँगै उनले जिल्ला प्रशासन कार्यालयको सेवा प्रवाहलाई सहज बनाउन ‘एकद्वार प्रणाली’ लागू गर्ने पहिलो निर्णय गरेका छन्।
  • ‘जेनजी आन्दोलन’बाट उदाएका गोरखा–१ का सांसद गुरुङको यो कदमलाई प्रशासनिक सुधार र युवा नेतृत्वको संकेतका रूपमा हेरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नवनियुक्त गृहमन्त्री सुदन गुरुङले आज गृह मन्त्रलय पुगेर औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको मन्त्रिपरिषद्मा तेस्रो वरीयतासहित गृह प्रशासनको जिम्मेवारी पाएका गुरुङले कार्यभार सम्हालेलगत्तै महत्त्वपूर्ण निर्णय गरेका छन्।

पदभार ग्रहण गरेपछि मन्त्री गुरुङले जिल्ला प्रशासन कार्यालयको सेवा प्रवाहलाई थप प्रभावकारी र सहज बनाउन 'एकद्वार प्रणाली' बाट सञ्चालन गर्ने पहिलो निर्णयमा हस्ताक्षर गरेका छन्। मन्त्रालय पुग्दा उनलाई गृह सचिवसहित उच्च अधिकारी र कर्मचारीहरूले भव्य स्वागत गरेका थिए।

भदौ २३ र २४ को 'जेनजी आन्दोलन' बाट राजनीतिक रूपमा एकाएक उदाएका गुरुङ गोरखा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन्। युवा नेतृत्व र नयाँ जोसका साथ गृह प्रशासन सम्हाल्न पुगेका गुरुङको पहिलो निर्णयलाई प्रशासनिक सुधारको प्रयासका रूपमा हेरिएको छ।

यो समाचारमा

काठमाडौँगृह मन्त्रलयबालेन्द्र शाह (बालेन)सुदन गुरुङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सुधन गुरुङबारे छानबिन समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

    काठमाडौँ।तत्कालीन गृहमन्त्री सुदन गुरुङमाथि लागेको अकुत सम्पत्तिको आरोपबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिले शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई आफ्नो प्रतिवेदन बुझाएको छ। जेठ १८ गते म्याद सकिएको समितिले पाँच दिनको थप समय लिएर प्रतिवेदन तयार पारेको हो।सम्पत्तिको स्रोत नखुलेको र अकुत सम्पत्ति जोडेको समाचार सार्वजनिक भएपछि गुरुङले गत वैशाख ९

    Data is loading...

    Loading brands...

    Loading footer...