‘नयाँ सरकार निर्माणबाट मुलुकमा आर्थिक चलायमान हुने’

Author

सजिलो पत्रिका

२०८२ चैत १२, बिहिबार

15
Share
Featured

काठमाडौँ

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आगामी सरकारको निर्माणले मुलुकमा आर्थिक चलायमान हुने बताउनुभएको छ ।

उद्योग सङ्गठन मोरङले विराटनगरको जैन भवनमा आजदेखि सञ्चालन गरेको ‘घर निर्माण प्रदर्शनी’को उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले नयाँ सरकारको निर्माणबाट मुलुकमा राजनीतिक स्थायित्व कायम हुनका साथ पूँजीगत खर्चमा वृद्धि भई समृद्धि कायम हुने विश्वास व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले सङ्गठनले विराटनगरका पायक पर्ने स्थानमा चारदेखि पाँच कठ्ठा जग्गा उपलब्ध गराएमा आगामी दुई वर्षभित्र आधुनिक, सुविधा सम्पन्न प्रदर्शनीस्थल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले विराटनगरमा प्रदर्शनी अन्य स्थानमा भन्दा स्तरीय हुने भएकाले यसबाट जनता, निर्माण तथा सेवा व्यवसायीले लाभ लिने बताउनुभयो ।

उद्योग सङ्गठन मोरङका अध्यक्ष नन्दकिशोर राठी, उपाध्यक्ष भोलेश्वर दुलाल, प्रदर्शनी संयोजक सुरेन्द्र गोल्छा र उद्योग व्यापार सङ्घ मोरङका अध्यक्ष अनुपम राठीले प्रदर्शनी निर्माणबाट उद्योगलाई चलायमान गराउन सहयोग पुग्ने बताउनुभयो । प्रदर्शनीस्थलमा विभिन्न घर निर्माण सामग्रीका ७५ कक्ष रहेका छन् । 

यो समाचारमा

काठमाडौँहिक्मत कुमार कार्कीमोरङकोशी प्रदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विद्रोहपछि ६ महिनामै निर्वाचन, ऐतिहासिक उपलब्धि - रामप्रसाद भण्डारी

    काठमाडौँ।कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले २०८२ साल फागुन २१ गते सम्पन्न निर्वाचनलाई नेपालको इतिहासमा एक विशेष र ऐतिहासिक घटनाका रूपमा चित्रण गरेका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विद्रोहपछिको ६ महिनाभित्रै शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न हुनु चानचुने उपलब्धि नभएको बताए।भण्डारीले नेपालको यस निर्वाचनलाई विश्वभरबाट सूक्ष्म ढंगले अध्ययन

    Data is loading...

    Loading brands...

    Loading footer...