चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ

Author

सजिलो पत्रिका

२०८२ चैत १२, बिहिबार

13
Share
Featured

काठमाडौँ

प्रहरीले चोरी तथा सुनका गरगहनाको स्वरूप परिवर्तन गर्ने अपराधमा संलग्न पाँच जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । 

धादिङको गङ्गाजमुना गाउँपालिका-७ फुलखर्क घर भई हाल काठमाडौँ तारकेश्वर नगरपालिका-१० शेषमती बस्ने २२ वर्षीय प्रशन्न अधिकारी, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), कावासोती नगरपालिका-१७ घर भई हाल काठमाडौँ महानगरपालिका-२६ बस्ने २८ वर्षीय प्रदिप गुरूङ, ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका-९ घर भई काठमाडौँ महानगरपालिका–२६ सामखुशी बस्ने २९ वर्षीय लाक्पा शेर्पा, रसुवाको नौकुण्ड गाउँपालिका-५ घर भई काठमाडौँ महानगरपालिका-२६ बस्ने २८ वर्षीय सागर कामी र भारतको महाराष्ट्रको सोलपुर जिल्ला तान्दुलवाडी थाना खोरेबस्ती ग्राम घर भई काठमाडौँ महानगरपालिका-१५ बस्ने २८ वर्षीय गौरव गुणाजी मोरे पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “काठमाडौँ चन्द्रागिरि नगरपालिका-१५ तिनथानास्थित एक घरबाट एक दशमलव पाँच तोलाको सुनका सिक्री, एक तोलाको औँठी, आधा तोलाको झुम्का एक जोर, आधा तोलाको तिलहरी, मोबाइल दुई थान र नगद रू पाँच हजार चोरी भएको भनी प्राप्त निवेदनका आधारमा अनुसन्धान तथा खोजतलास गर्दा उक्त चोरी तथा सुनका गरगहनाको स्वरूप परिवर्तन गर्ने अपराधमा निजहरूलाई पक्राउ गरिएको हो ।”

पहेँलो धातु २३ दशमलव ३० ग्राम र चोरीमा प्रयोग भएको बा ६६ प १७६६ नम्बरको मोटरसाइकलसहित मिति काठमाडौँ महानगरपालिका-२६ गल्कोपाखा बागमती ड्राइभिङ सेन्टर अगाडिबाट निजहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूलाई काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताउनुभयो ।

यो समाचारमा

काठमाडौँनवलपरासी (बर्दघाट सुस्ता पूर्व)धादिङतारकेश्वर नगरपालिका

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा

    काठमाडौँ।सशस्त्र प्रहरी बल नेपालले भन्सार छलेको आशङ्कामा मुस्ताङको कोरोला नाकाबाट भित्रिएका ७७४ वटा विद्युतीय सवारीसाधन नियन्त्रणमा लिएको छ । मुस्ताङको जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जाबाट गएराति ती गाडी नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्टले राससलाई जानकारी दिनुभयो । गाडी नियन्त्रणमा लिन सशस्त्र प्रहरी बल नेपाल नं ३३ गुल्म मुस्ताङ,

    Data is loading...

    Loading brands...

    Loading footer...