नेपाली बजारमा सुनको भाउमा भारी गिरावट,यस्तो छ अन्तर्राष्ट्रिय बजारको असर !

Author

प्रियंका दुतराज

२०८२ चैत ०८, आइतबार

15
Share
Featured
  • नेपाली बजारमा आइतबार सुनको भाउ प्रतितोला १२,५०० रुपैयाँले घटेर २,८२,००० रुपैयाँ पुगेको छ, साताको पहिलो कारोबारमा एकैपटक ठूलो गिरावट आएको हो।
  • चाँदीको मूल्य पनि तोलामा ३५५ रुपैयाँले घटेर ४,५४० रुपैयाँमा कायम भएको छ, र अघिल्लो सातासँग तुलना गर्दा कुल ७३० रुपैयाँको गिरावट भएको छ।
  • व्यवसायीहरूको विश्लेषण अनुसार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि, अमेरिकी डलरको माग अभिवृद्धि र बैंक ब्याजदरको दबाबका कारण लगानीकर्ताहरू सुनबाट अन्य क्षेत्रमा आकर्षित भएका छन्, जसले मूल्यमा गिरावट ल्याएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली बजारमा पछिल्लो समय ’छुनै नसकिने’ गरी आकासिएको सुनको मूल्यमा आइतबार  भारी अंकको गिरावट आएको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार साताको पहिलो कारोबारका दिन आइतबार सुनको भाउ तोलामा एकैपटक १२ हजार ५ सय रुपैयाँले घटेको हो ।

महासंघले सार्वजनिक गरेको नयाँ मूल्यसूची अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन अर्थात् शनिबार सुन प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यो गिरावटसँगै एक साताको अवधिमा मात्रै सुनको भाउ २७ हजार ४ सय रुपैयाँले ओरालो लागेको छ ।

गत आइतबार सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ४ सय रुपैयाँ रहेको थियो । यस्तै, माघ १५ गते नेपाली सुन बजारको इतिहासमै उच्च रेकर्ड कायम गर्दै सुनको भाउ प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँसम्म पुगेको थियो । त्यसयता निरन्तर उतारचढाव हुँदै आएको मूल्यमा अहिले देखिएको गिरावटलाई लगानीकर्ता र उपभोक्ताले निकै चासोका साथ हेरेका छन् ।

सुनसँगै चाँदीको मूल्यमा पनि आइतबार उल्लेख्य गिरावट देखिएको छ । महासंघका अनुसार चाँदीको भाउ तोलामा ३५५ रुपैयाँले घटेर ४ हजार ५४० रुपैयाँ कायम भएको छ । अघिल्लो साताको तुलनामा चाँदीको मूल्यमा कुल ७३० रुपैयाँको गिरावट आइसकेको छ ।

अन्तर्राष्ट्रिय बजारमा देखिएको आर्थिक फेरबदलका कारण नेपाली बजारमा यसको प्रत्यक्ष असर परेको व्यवसायीहरूको विश्लेषण छ । विशेषगरी अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको वृद्धि, अमेरिकी डलरको मागमा आएको अभिवृद्धि र बैंकहरूको ब्याजदर बढ्ने दबाबका कारण लगानीकर्ताहरू सुनबाट अन्य क्षेत्रतर्फ आकर्षित हुँदा मूल्यमा गिरावट आएको महासघंले बताएको छ । 

एकातिर लामो समयदेखि मूल्य वृद्धिको मारमा परेका सर्वसाधारणका लागि यो गिरावटले केही राहत  दिएको भने अर्कातिर सुनमा लगानि गरेका लगानिकर्तामा भने निरासा बढेको देखिन्छ ।त्यसो त, विवाहको सिजन नजिकिँदै गर्दा सुनको भाउ ओरालो लाग्नुले बजारमा चहलपहल बढ्ने अपेक्षा गरिएको छ । यद्यपि, अन्तर्राष्ट्रिय बजारको अस्थिरताका कारण मूल्य अझै घट्ने वा पुनः बढ्ने भन्नेमा व्यवसायीहरू अझै निश्चित हुन सकेका छैनन् ।   

यो समाचारमा

सुनचाँदी ब्यवसायी महासंघकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भइरहेको छ- अर्थमन्त्री वाग्ले

    काठमाडौँ।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहले आफू र प्रधानमन्त्रीमाथि नियोजित रूपमा घेराबन्दी र आक्रमण गरिरहेको दाबी गरेका छन्। बुधबार प्रतिनिधि सभाको अर्थ समितिमा बजेट सम्बन्धी छलफलका क्रममा उनले यस्तो धारणा राखेका हुन्।मन्त्री वाग्लेले सरकारले हाल ठूलो वित्तीय अपराधको छानबिन गरिरहेको र केही दिनमै यो विषय

    Data is loading...

    Loading brands...

    Loading footer...