प्राधिकरणको केन्द्रीय ‘वर्कसप’ले गर्‍यो नौ सय ट्रान्सफर्मर मर्मत

Author

सजिलो पत्रिका

२०८२ फागुन ३०, शनिबार

13
Share
Featured

काठमाडौँ

कर्मचारी अभावका बाबजुद मकवानपुरको हेटौंडास्थित नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय ‘वर्कसप’ले चालु आर्थिक वर्षको सात महिनामा नौ सय ट्रान्सफर्मर मर्मत गरेको छ ।  

कार्यालय प्रमुख इन्जिनियर राजकुमार श्रेष्ठका अनुसार चालु आव २०८२/८३ को साउनदेखि हालसम्म वर्कसपमा विभिन्न जिल्लाबाट बिग्रिएर आएका ती ट्रान्सफर्मर मर्मत गरी फिर्ता पठाइएको हो । 

गत आव २०८१/८२ मा एक हजार नौ सय ५० थान ट्रान्सफर्मर मर्मत गरेको सो वर्कसपले चालु आवमा एक हजार ५०० को हाराहारीमा ट्रान्सफर्मर मर्मत गर्ने लक्ष्य लिएको प्रमुख श्रेष्ठले बताउनुभयो । “हामीसँग चाहिने जति जनशक्ति छैन, केही समय ट्रान्सफर्मरमा प्रयोग हुने तेल र तामाको मूल्य बढेर आपूर्तिका लागि ‘टेन्डर’ हुन नसक्दा मर्मतको काम रोकियो”, उहाँले भन्नुभयो, “पछिल्लो दुई महिनादेखि ट्रान्सफर्मर मर्मतको काम भइरहेको छ । लक्ष्य भेटाउने गरी काम गर्छौं ।” 

उक्त वर्कसपले मधेस प्रदेश, गण्डकीका सबै जिल्ला तथा बाग्मती प्रदेशका मकवानपुर, चितवन, सिन्धुली जिल्लामा जडान भएका ट्रान्सफर्मर मर्मत गर्दै आएको छ । कुल ४९ जना जनशक्तिको दरबन्दी रहेको वर्कसपमा हाल २९ जना स्थायी, १५ जना ज्यालादारी र आठ जना करारका कर्मचारी कार्यरत छन् । 

प्रमुख श्रेष्ठका अनुसार कार्यालयमा माथिल्लो तहको जनशक्ति भए पनि हेल्पर, जुनियर हेल्परको अभाव छ । “ट्रान्सफर्मर खोल्न र लगाउन हेल्पर र जुनियर हेल्पर आवश्यक हुन्छ, ती कर्मचारी हामीसँग तीन जना मात्रै छन् ।  त्यसैले काम गर्न समस्या भइरहेको छ ।” 

ट्रान्सफर्मर मर्मतको सङ्ख्या र दायित्व बढे पनि पुरानै दरबन्दीअनुसार जनशक्ति व्यवस्थापन हुँदा सोचेअनुसार काम गर्न समस्या रहेको उहाँले बताउनुभयो । जनशक्ति व्यवस्थापनका लागि केन्द्रमा पटक पटक पत्राचार गरे पनि खासै उपलब्धि नभएको श्रेष्ठको भनाइ छ । 

उहाँका अनसार हाल यहाँ महिनामा एक सय ५० देखि दुई सयसम्म ट्रान्सफर्मर मर्मत भइरहेका छन् । “मुलुकमा खाना पकाउने ग्यासको अभाव भइरहेको छ, यस्तो अवस्थामा विद्युतीय चुलोको प्रयोग बढ्न सक्छ र गर्मी पनि बढ्ने भएकाले अत्यधिक सङ्ख्यामा ट्रान्सफर्मर बिग्रिन सक्ने सम्भावना छ”, प्रमुख श्रेष्ठले भन्नुभयो, “जनशक्ति नबढाइए समयमा ट्रान्सफर्मर गर्न कठिनाइ हुनसक्छ, यसमा केन्द्रको ध्यानाकर्षण गराइरहेका छौँ ।”

यो समाचारमा

हेटौंडामकवानपुरकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सुधन गुरुङबारे छानबिन समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

    काठमाडौँ।तत्कालीन गृहमन्त्री सुदन गुरुङमाथि लागेको अकुत सम्पत्तिको आरोपबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिले शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई आफ्नो प्रतिवेदन बुझाएको छ। जेठ १८ गते म्याद सकिएको समितिले पाँच दिनको थप समय लिएर प्रतिवेदन तयार पारेको हो।सम्पत्तिको स्रोत नखुलेको र अकुत सम्पत्ति जोडेको समाचार सार्वजनिक भएपछि गुरुङले गत वैशाख ९

    Data is loading...

    Loading brands...

    Loading footer...