उदयपुर–२ बाट निर्वाचित रास्वपाका सूर्यबहादुर तामाङ कालो सूचीमा

Author

सजिलो पत्रिका

२०८२ फागुन २८, बिहिबार

20
Share
Featured
  • उदयपुर–२ बाट निर्वाचित रास्वपाका सूर्यबहादुर तामाङ कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेको तथ्य सार्वजनिक भएको छ।
  • उनी सञ्चालक रहेको ‘मकालु कान्जिरुवा अटो लिंक प्रालि’ चेक बाउन्स प्रकरणमा कालो सूचीमा सूचीकृत रहेको अभिलेखमा देखिएको छ।
  • निर्वाचन परिणाम घोषणा भइसकेपछि तथ्य बाहिर आएकाले उनको पद र उम्मेदवारीको वैधानिकतामाथि प्रश्न उठेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

उदयपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुर्य बहादुर तामाङ्ग कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेको पाइएको छ। यही फागुन २१ गते भएको निर्वाचनमा १४ हजार ८०२ मत प्राप्त गरी विजयी भएका तामाङको कम्पनी 'चेक बाउन्स' प्रकरणमा कालो सूचीमा परेको तथ्य सार्वजनिक भएको हो।

कर्जा सूचना केन्द्रको अभिलेखअनुसार तामाङ सञ्चालक रहेको 'मकालु कान्जिरुवा अटो लिंक प्रालि' कालो सूचीको १०१,५१४ नम्बरमा सूचीकृत छ। उक्त कम्पनीमा तामाङ र लीला राई सञ्चालक रहेका छन्।

यसअघि निर्वाचन आयोगले कालो सूचीमा रहेकै आधारमा धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साह (कमल) को उम्मेदवारी खारेज गरेको थियो। तामाङको हकमा निर्वाचन परिणाम घोषणा भइसकेपछि यो तथ्य बाहिर आएकाले उनको पद र उम्मेदवारीको वैधानिकतामाथि प्रश्न उठेको छ। यस विषयमा निर्वाचन आयोगको आगामी कदमलाई चासोका साथ हेरिएको छ।

यो समाचारमा

निर्वाचन आयोगउदयपुरसुर्य बहादुर तामाङ्गधनुषा
राष्ट्रिय स्वतन्त्र पार्टी5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वातावरण संरक्षणमा सबैको साझा प्रयास आवश्यक- मुख्यमन्त्री कार्की

    काठमाडौँ।विश्व वातावरण दिवस (जुन ५) को अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले जलवायु परिवर्तनका कारण प्रदेशमा देखिएकागम्भीर चुनौतीप्रति चिन्ता व्यक्त गरेका छन्। शुक्रबार एक शुभकामना सन्देश जारी गर्दै उनले हिमालदेखि तराईसम्म फैलिएको कोशी प्रदेशले जलवायु परिवर्तनको प्रत्यक्ष असर भोगिरहेको उल्लेख गरे।मुख्यमन्त्री कार्कीले हिउँ पग्लने दर बढ्नु, हिमताल विस्फोटको जोखिम,

    Data is loading...

    Loading brands...

    Loading footer...