पर्यटकीय गन्तव्य बन्दै गएको नेपालगन्ज वाटरपार्कमा वृहत् सरसफाइ, १०४ किलोभन्दा बढी फोहोर संकलन

Author

सजिलो पत्रिका

२०८२ फागुन १८, सोमबार

14
Share
Featured

काठमाडौँ

नेपालगञ्जको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको नेपालगन्ज वाटरपार्कमा स्थानीय युवाहरूले वृहत् सरसफाइ अभियान सञ्चालन गरेका छन् । लामो समयदेखि उचित सरसफाइको अभावमा रहेको उक्त क्षेत्रमा गरिएको अभियानका क्रममा एक सय चार किलो फोहोर संकलन गरिएको हो ।

बास नेपालको आयोजनामा सम्पन्न उक्त सरसफाइ कार्यक्रम द कोकाकोला फाउण्डेशनको आर्थिक सहयोग तथा स्वच्छ सफा नेपाल (क्लिन अप नेपाल)द्वारा सञ्चालित ‘हरित नेपालगञ्ज सामुदायिक फोहोर रूपान्तरण आयोजना’ अन्तर्गत शनिबार सम्पन्न गरिएको हो ।

बास नेपालका तालिमप्राप्त २० जना स्वयंसेवक, कार्यसमिति सदस्य तथा नेपालगन्ज उपमहानगरपालिका वडा नं १का सरसफाइकर्मीहरूको संयुक्त सहभागितामा सञ्चालन गरिएको कार्यक्रममा वाटरपार्कको आधा क्षेत्र सरसफाइ गरिएको थियो । अत्यधिक फोहोरका कारण एकैपटक सम्पूर्ण क्षेत्र सफा गर्न कठिन भएको जनाउँदै बाँकी भाग अर्को दिन सरसफाइ गरिने परियोजना संयोजक मन भण्डारीले जानकारी दिए ।

संकलित फोहोरमध्ये ४५ किलो प्लास्टिक, २५ दशमलव ३५ किलो काँच, ६ दशमलव ४७ किलो प्लास्टिकका बोतल तथा २८ दशमलव १६ किलो विविध मिश्रित फोहोर रहेका छन् । संकलन गरिएका फोहोरलाई स्रोतमा नै वर्गीकरण गरी पुनःप्रयोग गर्न सकिने र नसकिने फोहोर छुट्टाछुट्टै व्यवस्थापन गरिएको छ ।

संकलित फोहोर वडाको समन्वयमा सुरक्षित व्यवस्थापनका लागि फोहोर विसर्जन स्थलमा लगिएको छ । कार्यक्रममा बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले फोहोरको सही वर्गीकरण तथा व्यवस्थापनका उपायबारे जानकारी दिनुभएको थियो। परियोजना संयोजक मन भण्डारीले सहभागीहरूलाई स्वागत गर्दै फोहोर व्यवस्थापनलाई दिगो र निरन्तर अभियानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिए ।

पर्यटकीय सम्भावना बोकेको नेपालगन्ज वाटरपार्कलाई स्वच्छ, आकर्षक र व्यवस्थित राख्न समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको सहभागीहरूले बताएका छन् ।

यो समाचारमा

काठमाडौँनेपालगञ्ज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कालापानी र सुस्तामा मात्रै नक्सांकन बाँकी छ- परराष्ट्रमन्त्री खनाल

    काठमाडौँ।परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबीच कालापानी क्षेत्र र सुस्तामा मात्रै नक्सांकन गर्न बाँकी रहेको बताएका छन्। बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री खनालले सुस्ता, लिम्पियाधुरा, कालापानी र लिपुलेक बाहेकका अधिकांश क्षेत्रमा सीमा सम्बन्धी काम भइसकेको जानकारी दिए।प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को हालैको अभिव्यक्ति र भारत भ्रमणबारे प्रष्टीकरण दिँदै मन्त्री खनालले

    Data is loading...

    Loading brands...

    Loading footer...