धादिङ बस दुर्घटनाको छानबिन गर्न गृह मन्त्रालयले बनायो समिति

Author

सजिलो पत्रिका

२०८२ फागुन ११, सोमबार

14
Share
Featured
  • १८ जनाको ज्यान जाने भीषण दुर्घटनापछि गृह मन्त्रालयले छानबिन समिति गठन गर्ने निर्णय गरेको छ; गृहमन्त्री ओम प्रकाश शर्माको अध्यक्षतामा बसेको बैठकले कारण पहिचान र भविष्यमा न्यूनीकरणका उपाय सुझाउन समिति बनाउने निर्णय गरेको हो।
  • बैठकमा भौतिक पूर्वाधार मन्त्रालय, सडक विभाग, तीनवटै सुरक्षा निकाय र यातायात व्यवसायी महासंघका प्रतिनिधि सहभागी थिए; सहप्रवक्ता रमा आचार्यले जानकारी दिएकी हुन्।
  • पोखराबाट काठमाडौँ आउँदै गरेको ग२ख १४२१ नम्बरको बस राति करिब १ बजे त्रिशूली नदी किनारमा खस्दा १८ जनाको मृत्यु र २२ जना घाइते भएका छन्; घाइतेहरूको राष्ट्रिय ट्रमा सेन्टर, नेशनल मेडिकल कलेज र मलेखु टिचिङ अस्पतालमा उपचार भइरहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

धादिङको बेनिघाट रोराङ्गमा १८ जनाको ज्यान जाने गरी भएको भीषण बस दुर्घटनाको छानबिन गर्न गृह मन्त्रलयले समिति गठन गर्ने निर्णय गरेको छ। सोमबार गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा मन्त्रालयमा बसेको सरोकारवाला निकायहरूको बैठकले उक्त निर्णय गरेको हो।

मन्त्रालयका सहप्रवक्ता रमा आचार्यका अनुसार बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, तीनवटै सुरक्षा निकायका प्रमुखहरू र यातायात व्यवसायी महासंघका प्रतिनिधिहरूको सहभागिता थियो। बैठकले दुर्घटनाको कारण पत्ता लगाउन र आगामी दिनमा यस्ता घटना न्यूनीकरणका लागि सुझाव दिन छानबिन समिति बनाउने निर्णय गरेको हो।

पोखराबाट काठमाडौं आउँदै गरेको ग२ख १४२१ नम्बरको बस आइतबार राति करिब १ बजे त्रिशूली नदी किनारमा खसेको थियो। उक्त दुर्घटनामा १८ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्। घाइतेहरूको काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टर, नेशनल मेडिकल कलेज र मलेखुस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

यो समाचारमा

गृह मन्त्रलयभौतिक पूर्वाधार तथा यातायात मन्त्रालयओमप्रकाश अर्यालकाठमाडौँ
धादिङ4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    लागुऔषधसहित ३१ जना पक्राउ

    काठमाडौँ।प्रहरीले देशका विभिन्न भागबाट लागुऔषधसहित ३१ जनालाई पक्राउ गरेको छ ।  केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार दाङबाट छ, झापाबाट पाँच, बाँकेबाट तीन, सुनसरी, बारा, चितवन, बागलुङ, सिरहा, मोरङ र कैलालीबाट दुई/दुई तथा रसुवा, काठमाडौँ र सप्तरीबाट एक/एक जना पक्राउ परेका छन् । प्रहरीले उनीहरूका साथबाट लागुऔषध खैरो हेरोइन र गाँजा तथा चिकित्सकको

    Data is loading...

    Loading brands...

    Loading footer...