टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास

Author

सजिलो पत्रिका

२०८२ माघ २९, बिहिबार

19
Share
Featured
  • नेपाली सेना स्थापनाको २६३औँ वार्षिकोत्सवका अवसरमा टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवस–२०८२ को पूर्वाभ्यास सम्पन्न भयो, जसको निरीक्षण प्रधानसेनापति अशोकराज सिग्देलले गर्नुभयो।
  • पूर्वाभ्यासमा विभिन्न विपद् व्यवस्थापन गण, पृतना तथा गण/गुल्मलाई युनिट झण्डा, ट्रफी र पुरस्कार प्रदान गरियो तथा ड्रिल र व्यानर प्रतियोगिताका विजेताहरूलाई सम्मान गरियो।
  • सेना दिवस–२०८२ को उपलक्ष्यमा उत्कृष्ट सैनिक, पदिक, भूतपूर्व सैनिक र परिवारजनलाई प्रशंसा निशान, पदोन्नति दज्र्यानी चिन्ह तथा पुरस्कार प्रदान गरियो; सेना दिवस हरेक वर्ष महाशिवरात्रिका दिन मनाइन्छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली सेना स्थापनाको २६३औँ वार्षिकोत्सवका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवस–२०८२ को पूर्वाभ्यास कार्यक्रम सम्पन्न भएको छ । उक्त पूर्वाभ्यास कार्यक्रमको प्रधानसेनापति अशोकराज सिग्देललले निरीक्षण गर्नुभयो ।

सो कार्यक्रममा प्रधानसेनापति सिग्देलले श्री नं १ विपद् व्यवस्थापन गण, श्री नं २ विपद् व्यवस्थापन गण र राष्ट्रिय विपद् व्यवस्थापन शिक्षालयलाई युनिट झण्डा प्रदान गर्नुभयो । प्रधानसेनापति सिग्देलले केन्द्रीय सैनिक ड्रिल प्रतियोगिता २०८२ मा प्रथम र द्वितीय हुने क्रमशः श्री उपत्यका पृतना र श्री मध्य पश्चिम पृतनालाई पुरस्कृत गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सो अवसरमा प्रधानसेनापति सिग्देलले प्रधानसेनापति व्यानर प्रतियोगिता २०८२ मा युद्धक गण, युद्ध मद्दती गण र युद्धक गुल्मतर्फ प्रथम हुने क्रमशः नयाँ श्रीनाथ गण, त्रिनेत्रदल गण र ईन्द्रदल गुल्म लगायत उक्त प्रतियोगिताको विभिन्न विधाहरूमा प्रथम हुने युनिटहरूलाई पुरस्कृत गर्नुभयो । उहाँले प्रकृति संरक्षण ट्रफि प्रतियोगिता–२०८२ अन्तर्गत गण तथा गुल्म तहमा प्रथम हुन सफल चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नयाँ गोरख गण र शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ सङ्ग्राम शार्दूल गुल्मलाई प्रकृति संरक्षण ट्रफी तथा पुरस्कार प्रदान गर्नुभयो ।

कार्यक्रममा प्रधानसेनापति सिग्देलले सेना दिवस–२०८२ को उपलक्ष्यमा प्रधानसेनापति प्रशंसा निशान प्राप्त गर्ने रथीवृन्द, अधिकृत, पदिक तथा अन्यदर्जालाई प्रधानसेनापति प्रशंसा निशान प्रदान, मानार्थ उपसेनानी दर्जामा पदोन्नति हुनुभएका पदिकलाई दज्र्यानी चिन्ह प्रदान गर्नुभएको थियो । कार्यक्रममा उहाँले अवकाशपश्चात् विभिन्न तवरबाट समाजमा पुयाएको योगदानको कदरस्वरूप उत्कृष्ट भूतपूर्व सैनिक तथा परिवारजनलाई समेत पुरस्कृत गर्नुभएको थियो । 

सेना दिवस–२०८२ हरेक वर्ष महाशिवरात्रिका दिन सैनिक मञ्च टुुँडिखेलमा विविध कार्यक्रमका साथ मनाइँदै छ । यस वर्ष महाशिवरात्रि पर्व आगामी फागुन ३ मनाइँदै छ ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सुधन गुरुङबारे छानबिन समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

    काठमाडौँ।तत्कालीन गृहमन्त्री सुदन गुरुङमाथि लागेको अकुत सम्पत्तिको आरोपबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिले शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई आफ्नो प्रतिवेदन बुझाएको छ। जेठ १८ गते म्याद सकिएको समितिले पाँच दिनको थप समय लिएर प्रतिवेदन तयार पारेको हो।सम्पत्तिको स्रोत नखुलेको र अकुत सम्पत्ति जोडेको समाचार सार्वजनिक भएपछि गुरुङले गत वैशाख ९

    Data is loading...

    Loading brands...

    Loading footer...