निर्वाचन सुरक्षाका लागि तीन तहको वर्गीकरण, एक थोपा रगत बग्न दिन्नौँ-गृहमन्त्री अर्याल

Author

सजिलो पत्रिका

२०८२ माघ २२, बिहिबार

11
Share
Featured
  • गृहमन्त्री अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनका लागि विगतभन्दा सुदृढ सुरक्षा व्यवस्था गरिने बताए।
  • निर्वाचन क्षेत्रलाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी वर्गीकरण गरेर सोहीअनुसार सुरक्षा मिलाइने जानकारी दिए।
  • राजनीतिक हिंसा न्यून भएकाले तोकिएकै मितिमा चुनाव हुने विश्वास व्यक्त गर्दै संवेदनशील क्षेत्रका लागि विशेष व्यवस्थापन गरिने बताए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न विगतको भन्दा सुदृढ सुरक्षा व्यवस्था मिलाइने बताएका छन्।

बिहीबार जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइको अनुगमन गर्दै उनले निर्वाचन क्षेत्रहरूलाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन वर्गमा विभाजन गरेर सोहीअनुसार सुरक्षा प्रबन्ध मिलाइने जानकारी दिए।

गृहमन्त्री अर्यालले प्रधानमन्त्रीको 'चुनावमा एक थोपा रगत पनि बग्न नदिने' प्रतिबद्धतालाई मूलमन्त्र बनाएर सरकार अघि बढेको उल्लेख गरे। भदौ २३ र २४ को संकटपूर्ण अवस्था स्मरण गर्दै उनले अहिले मुलुकमा राजनीतिक हिंसा न्यून भएको र चुनावी वातावरण बनेकाले तोकिएकै मितिमा निर्वाचन हुनेमा ढुक्क हुन आग्रह गरे।

साथै, हिउँ पर्ने र बसाइँसराइ हुने क्षेत्रहरूमा मौसमअनुसारको विशेष सुरक्षा र व्यवस्थापन गरिने समेत उनले स्पष्ट पारे।

यो समाचारमा

ओमप्रकाश अर्यालकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सम्पत्ति छानबिन आयोगलाई केपी ओलीको चुनौती- 'बयान पनि दिन्नँ, विवरण पनि बुझाउँदिनँ'

    काठमाडौँ।नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले सरकारद्वारा गठित 'सम्पत्ति जाँचबुझ तथा छानबिन आयोग' लाई बयान नदिने र सम्पत्ति विवरण पनि नबुझाउने घोषणा गरेका छन्। पार्टीको एक कार्यक्रममा बोल्दै ओलीले आयोगलाई मान्यता नदिने चेतावनी दिँदै भने, "अरू कसैले बयान दिए पनि मचाहिँ दिन्नँ, विवरण पनि भरेर पठाउँदिनँ।

    Data is loading...

    Loading brands...

    Loading footer...