आर्थिक रुपमा आत्मनिर्भर नभएसम्म सशक्तिकरणका नाराहरु पूरा हुन सक्दैननः सुनिता डंगोल

Author

सजिलो पत्रिका

२०८२ माघ १४, बुधबार

26
Share
Featured

काठमाडौँ


काठमाडौँ महानगरपालिकाका कार्यवहाक प्रमुख सुनिता डंगोलले आर्थिक रुपमा आत्मनिर्भर नभएसम्म सशक्तिकरणका नाराहरु पूरा हुन नसक्ने बताएकी छन् ।

बुधबार काठमाडौं महोत्सव २०८२ उद्घाटन समारोहमा उनले महिला पुरुष वा अन्य कुनै वर्गको सशक्तिकरणको कुरा गर्दा त्यसमा आर्थिक आत्मनिर्भरको कुरा मुख्य हुने भन्दै आर्थिक रुपमा आत्मनिर्भर नभएसम्म सशक्तिकरणका विभिन्न नाराहरु पूरा गर्न नसक्ने बताईन् ।

उनले भनिन्, ‘यो कार्यक्रमले धेरै उद्यमीहरुलाई आशा पनि दिनेछ । हामीले महिला सशक्तिकरणको कुरा गरौ, युवा सशक्तिकरणको कुरा गरौं वा जो कुनै व्यक्तिको सशक्तिकरणको कुरा गर्दा त्यसमा जोडिने एकदमै महत्वपूर्ण पाटो भनेको आर्थिक रुपमा आत्मनिर्भर नै हो । जबसम्म हामी आर्थिक रुपमा आत्मनिर्भर बन्न सक्दैनौ तबसम्म हामीले लगाउने सशक्तिकरणका विभिन्न नाराहरु पूरा हुन सक्दैँन् ।’

यस्तै, उनले समाजमा भएको सिपलाई बजारीकरण गर्न नसकेको भन्दै त्यो सिपलाई बजारसँग जोड्नको लागि पनि यो मेला एकदमै महत्वपूर्ण हुने बताईन् ।

आगामी दिनमा पनि निजी र सार्वजनिक क्षेत्रसँगै अगाडि बढ्नुपर्ने भन्दै त्यसको लागि काठमाडौं महानगरपालिका सहकार्य गर्न तयार रहेको पनि उनको भनाई छ ।

यो समाचारमा

काठमाडौँ महानगरपालिकाकाठमाडौँसुनिता डंगोल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नीतिगत कब्जा अन्त्य गर्न सरकार निर्मम हुन्छ - अर्थमन्त्री वाग्ले

    काठमाडौँ।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकमा व्याप्त नीतिगत तथा संस्थागत कब्जा (Policy Capture) अन्त्य गर्न सरकार अझ निर्मम ढंगले अघि बढ्ने चेतावनी दिएका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले वर्तमान सरकार कुशासनबाट आजित नागरिक र व्यवसायीको जनादेशका आधारमा बनेकाले सुशासनका लागि ठूला सुधारका कदम चालिरहेको बताए।मन्त्री वाग्लेले सरकारले बजेटमार्फत

    Data is loading...

    Loading brands...

    Loading footer...