रास्वपाका सभापति रवि लामिछाने अस्पताल भर्ना

Author

सजिलो पत्रिका

२०८२ माघ १४, बुधबार

19
Share
Featured
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने देब्रे खुट्टाको चोटबाट संक्रमण (सेलुलाइटिस) देखिएपछि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना भएका छन्।
  • संक्रमण जोखिमयुक्त हुन सक्ने भएकाले चिकित्सकको प्रत्यक्ष निगरानीमा केही दिन अस्पतालमै उपचार आवश्यक ठहर गरिएको छ।
  • स्वास्थ्यमा पूर्ण सुधार आएपछि मात्र उनी नियमित राजनीतिक गतिविधिमा फर्किने र अस्पतालमा भेटघाट नगर्न रास्वपाले अनुरोध गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अस्पताल भर्ना भएका छन्।

माघ ५ गते जनकपुरमा सम्पन्न एक कार्यक्रममा सहभागी हुने क्रममा उनको देब्रे खुट्टामा लागेको सामान्य चोट समयक्रममा बढ्दै छालाको भित्री तहमा संक्रमण (सेलुलाइटिस) देखिएपछि अस्पताल भर्ना गरिएको हो।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जका चिकित्सकहरूको परीक्षण तथा सल्लाहअनुसार उक्त संक्रमण जोखिमयुक्त हुन सक्ने भएकाले केही दिन अस्पतालमै राखी चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार आवश्यक ठहर गरिएको छ । हाल सभापति लामिछाने सोही अस्पतालमा उपचाररत छन्।

चोट आफैंमा गम्भीर नभए पनि संक्रमण फैलिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै चिकित्सकहरूको सुझावअनुसार पूर्ण उपचार तथा स्वास्थ्यमा सुधार आएपछि मात्र उनी नियमित राजनीतिक तथा सांगठनिक गतिविधिमा फर्किने उनका स्वकीय सचिव अविनाश आचार्यले जानकारी दिए ।

सभापति लामिछाने सार्वजनिक रूपमा नदेखिनु भएको विषयमा चासो, चिन्ता र शुभेच्छा व्यक्त गर्ने सबैप्रति एक सूचना मार्फत रास्वपाले धन्यवाद व्यक्त गरेको छ । साथै, अन्य बिरामीहरूको उपचार प्रक्रियामा असर नपरोस् र अस्पताल प्रशासनलाई असहजता नहोस् भन्ने उद्देश्यले भेटघाटका लागि अस्पताल नआइदिन पार्टीले अनुरोध गरेको छ ।

यो समाचारमा

राष्ट्रिय स्वतन्त्र पार्टीरवि लामिछानेजनकपुरकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सम्पत्ति छानबिन आयोगलाई केपी ओलीको चुनौती- 'बयान पनि दिन्नँ, विवरण पनि बुझाउँदिनँ'

    काठमाडौँ।नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले सरकारद्वारा गठित 'सम्पत्ति जाँचबुझ तथा छानबिन आयोग' लाई बयान नदिने र सम्पत्ति विवरण पनि नबुझाउने घोषणा गरेका छन्। पार्टीको एक कार्यक्रममा बोल्दै ओलीले आयोगलाई मान्यता नदिने चेतावनी दिँदै भने, "अरू कसैले बयान दिए पनि मचाहिँ दिन्नँ, विवरण पनि भरेर पठाउँदिनँ।

    Data is loading...

    Loading brands...

    Loading footer...