माघ १६ देखि धरानमा मेडिकल विद्यार्थीहरूको भेला हुँदै

Author

सजिलो पत्रिका

२०८२ पुस २३, बुधबार

39
Share
Featured

काठमाडौँ

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आयोजनामा देशभरका विभिन्न मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी तथा चिकित्सकहरूको भेला हुने भएको छ ।

माघ १६ गतेदेखि २४ गतेसम्म धरानमा ‘अल नेपाल इन्टर मेडिकल कलेज मिट– साइन्याप्स २०२६’ नामक सप्ताहव्यापी कार्यक्रममा विद्यार्थी, चिकित्सक तथा आवासीय चिकित्सकहरूको सहभागिता रहनेछ ।

कार्यक्रममा खेलकुद, सांस्कृतिक तथा साहित्यिक गोष्ठी र समारोहहरू आयोजना गरिने छन् । कोरोना महामारी तथा अन्य विविध कारणले नियमित रूपमा आयोजना हुन नसकेको यो कार्यक्रम पुनःसञ्चालन हुन लागेको हो । मेडिकल तथा स्वास्थ्य विज्ञान अध्ययनरत विद्यार्थीहरूबीच आपसी सम्बन्ध सुदृढ गर्नु, स्वस्थ प्रतिस्पर्धाको प्रवद्र्धन गर्नु कार्यक्रमको उद्देश्य रहेको आयोजकले जनाएको छ ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    इबोला सङ्क्रमित मुलुकबाट अमेरिका प्रवेशमा कडाइ

    काठमाडौँअमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले पूर्वी र मध्य अफ्रिकामा देखिएको इबोला प्रकोपका कारण संयुक्त राज्य अमेरिका प्रवेशमा अस्थायी कडाइ गर्ने निर्णय गरेको छ। यो निर्णय कानुनी स्थायी बासिन्दा (ग्रीन कार्ड धारक) सहित अन्य यात्रुहरूमा पनि लागू हुने बताइएको छ।सीडीसीका अनुसार प्रजातान्त्रिक गणतन्त्र कङ्गो, युगान्डा र दक्षिण सुडानमा

    Data is loading...

    Loading brands...

    Loading footer...