स्वास्थ्य बीमा बोर्डको मंसिर मसान्तसम्मका उपलब्धिहरु सार्वजनिक

Author

सजिलो पत्रिका

२०८२ पुस २२, मङ्गलबार

43
Share
Featured
  • स्वास्थ्य बीमा बोर्डले २०८२ मंसिर मसान्तसम्मको उपलब्धिहरू सार्वजनिक गर्दै सबै स्थानीय तहमा कम्तिमा एक सेवा प्रदायक स्वास्थ्य संस्था आवश्यक हुने नीतिगत सुधार भएको जानकारी दिएको छ।
  • दावी भुक्तानी प्रक्रिया र समिक्षा कार्यविधि संशोधन भई रियल टाइम क्लेम लगायत सुधार लागू गरिएको छ; आठ प्रकारका कडा रोगमा १ लाखसम्म सेवा उपलब्ध गराइने व्यवस्था गरिएको छ।
  • गरिव पहिचान कार्यक्रम कार्यान्वयन गरिएको छ, ७५० स्थानीय तहमा स्वास्थ्य बीमा कार्यक्रम विस्तार भएको र ३८२ स्वास्थ्य संस्थामा प्रथम सेवा विन्दु सञ्चालनमा रहेको बोर्डले जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

स्वास्थ्य बीमा बोर्डले २०८२ साल मंसिर मसान्त सम्ममा भएका उपलब्धिहरु सार्वजनिक गरेको छ ।

मंगलबार एक कार्यक्रमको आयोजनागरी बोर्डले उक्त उपलब्धिहरु सार्वजनिक गरेको हो ।

कार्यक्रममा बोर्डका कार्यकारी अध्यक्ष निर्देशक डा.रघुराज काफ्लेले स्वास्थ्य बीमा बोर्डमार्फत संचालित सम्पूर्ण क्रियाकलापको संचालनको अवस्था ,सूचक अनुसारको उपलब्धि, बीमा कार्यक्रमको पैरवी, कार्यक्रम संचालन गर्दा देखा परेका समस्याहरु तथा बोर्डको प्रयत्न गरेको नविनतम् सुधारका विषयहरुबारे जानकारी दिने प्रयत्न आफूहरुले गरेको बताए ।

उनले स्वास्थ्य बीमा ऐन २०७४ र नियमावली २०७५ मा संशोधन भई देशका सबै स्थानीय तहमा प्रथम सेवा विन्दु प्रयोजनका लागि कम्तिमा सेवा प्रदायक स्वास्थ्य संस्था हुनुपर्ने नीतिगत सुधार गरिएको जानकारी दिए ।

उनले भने,‘स्वास्थ्य बीमा ऐन २०७४ र नियमावली २०७५ मा संशोधन भई देशका सबै स्थानीय तहमा प्रथम सेवा विन्दु प्रयोजनका लागि कम्तिमा सेवा प्रदायक स्वास्थ्य संस्था हुनुपर्ने नीतिगत सुधार गरिएको छ । दावी भुक्तानी तथा समिक्षा सम्बन्धी कार्यविधि संशोधन भई रियल टाइम क्लेम लगायत अन्य प्रावधान कायम भएको छ ।’

त्यस्तै आठ प्रकारका कडा रोगको हकमा विरामिले उपयोग गर्नेगरी थप १ लाख सम्मको सेवा प्रदान गरिएको पनि उनले जानकारी दिए ।

बोर्डको अनुसार यसै वर्ष गरिव पहिचान तथा कार्यक्रममा प्राथमिकताकासाथ आवद्धताका लागि कार्यविधि स्वीकृत गरी लागू गरिएको छ ।

यसैगरी,कार्यान्वयन तथा प्रणालिगत सुधारमा ७५० वटा स्थानीय तहमा कार्यक्रम विस्तारका साथै ३५० वटा स्थानीय तहबाट ३८२ वटा स्थानीय तहका स्वास्थ्य संस्थामा प्रथम सेवा विन्दु रहेको बोर्डले जनाएको छ ।

यो समाचारमा

स्वास्थ्य बीमा बोर्डकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    इबोला सङ्क्रमित मुलुकबाट अमेरिका प्रवेशमा कडाइ

    काठमाडौँअमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले पूर्वी र मध्य अफ्रिकामा देखिएको इबोला प्रकोपका कारण संयुक्त राज्य अमेरिका प्रवेशमा अस्थायी कडाइ गर्ने निर्णय गरेको छ। यो निर्णय कानुनी स्थायी बासिन्दा (ग्रीन कार्ड धारक) सहित अन्य यात्रुहरूमा पनि लागू हुने बताइएको छ।सीडीसीका अनुसार प्रजातान्त्रिक गणतन्त्र कङ्गो, युगान्डा र दक्षिण सुडानमा

    Data is loading...

    Loading brands...

    Loading footer...