चौकीदारको हत्या : टाउको अझै भेटिएन

Author

सजिलो पत्रिका

२०८२ पुस २०, आइतबार

28
Share
Featured
  • सर्लाहीको ईश्वरपुर–२ मा सागरनाथ वन विकास परियोजनाका ४७ वर्षीय वन चौकीदार रामइश्वर महतोको धारिलो हतियार प्रयोग गरी विभत्स हत्या।
  • टाउको काटिएको शव जंगल नजिक पोखरीमा फेला, टाउको खोजीका लागि जाल हान्ने तयारी।
  • एक शंकास्पद व्यक्ति पक्राउ, कुकुर प्रयोग गरी अनुसन्धान जारी, स्थानीय त्रसित।
समाचार सारांशGenerated using AI.


सर्लाहीको ईश्वरपुर नगरपालिका–२, राईटरखोरमा सागरनाथ वन विकास परियोजनामा कार्यरत वन हेरालु (चौकीदार) को हत्या भएको छ।

चौकीदारको हत्या गरिएको अवस्थामा शव फेला परेपनि अझै टाउको फेला परेको छैन् । सर्लाही प्रहरीका सूचना अधिकारी एवं डिएसपी सरोज राईका अनुसार वन रक्षक ४७ वर्षीय रामइश्वर महतोको हत्या भएको स्थान नजिकै पोखरीमा शव फेला परेको हो ।

मृतकको टाउको काटिएको शरीर भेटिए पनि टाउको नभेटिएपछि अब पोखरीमा जाल हानेर खोजी गर्न लागिएको उनले जानकारी दिए ।

डिएसपी राईले पोखरीमा जाल हान्ने मानिसको खोजी भइरहेको बताए । धारिलो हतियार प्रयोग गरी महतोको हत्या गरिएको प्रहरीको आशंका छ ।

प्रहरीले वन रक्षक महतोको हत्या आशंकामा गाउँकै शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ । तर प्रहरीले यसबारे आधिकारिक जानकारी दिएको छैन् ।

शनिबार बिहान ५ बजेतिर जङ्गलमा रुख काटिएको आवाज सुनेपछि महतो त्यतातिर गएका थिए। दिउँसोसम्म पनि घर नफर्किएको र मोबाइल फोन समेत ’स्वीच अफ’ भएपछि परिवार र छरछिमेकीले खोजी गर्ने क्रममा उनको विभत्स शव भेटिएको वडाध्यक्ष सुरेन्द्रबहादुर कार्कीले जानकारी दिए। घरदेखि करिब ५०० मिटर टाढा परियोजनाको जङ्गलभित्र टाउको काटिएको अवस्थामा शव फेला परेको उनको भनाइ छ ।

घटनास्थलमा धनुषाको लालगढबाट तालिम प्राप्त दुईवटा कुकुरसमेत झिकाएर घटनास्थल वरपर घुमाइएको छ ।

वनका चौकीदार महतोको विभत्स किसिमले हत्या भएपछि स्थानीय वासिन्दा त्रसित बनेका छन् ।यस घटनाका बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

यो समाचारमा

काठमाडौँसर्लाहीधनुषा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    रुसले गर्यो युक्रेनमा व्यापक हवाई आक्रमण - २२ को मृत्यु ,दर्जनौ घाईते ।

    किएभ ,युक्रेन :  रुसले  व्यापक हवाई  आक्रमण गरेका युक्रेनका विभिन्न सहरहरूमामा कम्तीमा २२ जनाको मृत्यु भएको छ ।आक्रमणमा परी दर्जनौ घाईते भएका छन् । सयौँ ड्रोन र दर्जनौँ क्षेप्यास्त्र प्रयोग गरी गरिएको उक्त आक्रमणले राजधानी किएभ सहित मध्य र पूर्वी युक्रेनका धेरै सहरमा ठूलो जनधनको क्षति पुर्‍याएको छ ।युक्रेनी अधिकारीहरूका

    Data is loading...

    Loading brands...

    Loading footer...