सात वर्षपछि हत्या आरोपित पक्राउ

Author

सजिलो पत्रिका

२०८३ जेठ ०८, शुक्रबार

9
Share
Featured

काठमाडौँ

सात वर्षदेखि फरार रहेका हत्या आरोपित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बाराको फेटा गाउँपालिका–४ का ३० वर्षीय पन्चदेव महरा पक्राउ परेका हुन्।

उनीलाई बाराको फेटा गाउँपालिका–१ बाट पक्राउ गरिएको हो। प्रहरीका अनुसार २०७६ चैत २३ गते खैरहनी नगरपालिका–९ स्थित नेपाल ग्यास उद्योग गण्डकीको कम्पाउण्डभित्र एक मजदुरको कच्ची घरमा ४६ वर्षीय सखिचन महरा मृत फेला परेका थिए।

उक्त घटनामा संलग्न रहेको आरोपमा फरार रहेका उनलाई संयुक्त प्रहरी टोलीले पक्राउ गरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको छ। मृतकका आफन्तले उनलाई नै कर्तव्य गरेर हत्या गरेको आरोप लगाएका छन्।

यो समाचारमा

काठमाडौँफेटा गाउँपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    लागुऔषधसहित ३१ जना पक्राउ

    काठमाडौँ।प्रहरीले देशका विभिन्न भागबाट लागुऔषधसहित ३१ जनालाई पक्राउ गरेको छ ।  केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार दाङबाट छ, झापाबाट पाँच, बाँकेबाट तीन, सुनसरी, बारा, चितवन, बागलुङ, सिरहा, मोरङ र कैलालीबाट दुई/दुई तथा रसुवा, काठमाडौँ र सप्तरीबाट एक/एक जना पक्राउ परेका छन् । प्रहरीले उनीहरूका साथबाट लागुऔषध खैरो हेरोइन र गाँजा तथा चिकित्सकको

    Data is loading...

    Loading brands...

    Loading footer...