प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज वार्ता हुँदै

Author

सजिलो पत्रिका

२०८२ पुस १७, बिहिबार

42
Share
Featured
  • प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईं नेतृत्वको ‘नागरिक बचाउ अभियान’बीच आज दिउँसो १ बजे सिंहदरबारमा वार्ता तय भएको छ।
  • वार्तामा सरकारले तर्फबाट प्रधानमन्त्री कार्की स्वयं सहभागी हुने छन्।
  • प्रसाईं समूहले राजसंस्था पुनःस्थापना र हिन्दु राष्ट्र घोषणा जस्ता माग लिएर पहिलो चरणको वार्तापछि अब सिधै प्रधानमन्त्रीसँग छलफल गर्न लागेका हुन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीदुर्गा प्रसाद प्रसाई नेतृत्वको 'नागरिक बचाउ अभियान' बीच आज (बिहीबार) वार्ता हुने भएको छ । सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो १ बजेका लागि वार्ता तय भएको हो ।

स्रोतका अनुसार, वार्तामा सरकारको तर्फबाट प्रधानमन्त्री कार्की स्वयं सहभागी हुनेछिन् । यसअघि पुस १ गते प्रसाईं समूहले सरकारद्वारा गठित वार्ता समितिसँग पहिलो चरणको वार्ता गरेको थियो ।

राजसंस्था पुनःस्थापना र हिन्दु राष्ट्र घोषणा लगायतका माग राख्दै आन्दोलनरत प्रसाईंले आज सिधै प्रधानमन्त्रीसँग वार्ता गर्न लागेका हुन् । यो वार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

यो समाचारमा

दुर्गा प्रसाद प्रसाईकाठमाडौँसिंहदरवारसुशीला कार्की

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    महानगरको छात्रवृत्ति परीक्षामा १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण

    काठमाडौँ।काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८३/०८४ का लागि कक्षा ११ र १२ मा अध्ययन गर्न लिइएको छात्रवृत्ति छनोट परीक्षाको नतिजा सार्वजनिक गरेको छ। आइतबार सञ्चालित परीक्षामा सहभागी २२ हजार २० विद्यार्थीमध्ये १४ हजार ५७ जना उत्तीर्ण भएका छन्।महानगरको छात्रवृत्ति परीक्षा समितिले न्यूनतम ४० अङ्क प्राप्त गर्ने विद्यार्थीहरूको प्रारम्भिक योग्यता क्रमसहितको नतिजा

    Data is loading...

    Loading brands...

    Loading footer...