क्रिसमसको अवसर पारेर फिल्म ‘मुगलान’ प्रदर्शनमा

Author

सजिलो पत्रिका

२०८२ पुस १०, बिहिबार

23
Share
Featured

काठमाडौँ

नेपाली फिल्म ‘मुगलान’ प्रदर्शनमा आएको छ ।

प्रभात पाल र स्मारिका ढकाल अभिनित फिल्म क्रिसमस–डेको अवसर पारेर बिहीबार रिलिज भएको हो । आशिष ढकालको लेखन तथा निर्देशन रहेको फिल्मले रोजगारी र उज्ज्वल भविष्यको खोजीमा मातृभूमि छाडेर विदेशिने युवाको कथालाई मार्मिक रूपमा प्रस्तुत गरेको छ ।

फिल्ममा प्रभात र स्मारिकाका साथमा श्री शिवांशी, दिनेश डी.सी, मोती सुवेदी, रामचन्द्र अधिकारी, राजुराज सोनी, रश्मी भट्ट, जीवन गौतम, सविन बाँस्तोलालगायत कलाकारहरूको अभिनय छ । गोमन सिंह निर्माता रहेको ‘मुगलान’ को सह–निर्माता रीता चौधरी हुन् ।

नेपालमा नयाँ फिल्म रिलिज शुक्रबार गर्ने परम्परा भएपनि चाडपर्व तथा विशेष समय जुनै अन्य बार पनि रिलिज हुनेगर्छ । ‘मुगलान’ क्रिसमसको अवसर पारेर प्रदर्शनमा आएको हो ।

यो समाचारमा

दिनेश डी.सीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कान्समा नेपाली चलचित्रको ऐतिहासिक उपस्थिति, हाकु पटासीमा सुनिता डंगोल

    काठमाडौँकाठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले कान्स फिल्म फेस्टिभलमा नेपाली चलचित्रको सहभागिता र सफलता देशको सिर्जनशील क्षेत्रका लागि ऐतिहासिक उपलब्धि भएको बताएकी छन्। फ्रान्सबाट फर्किएपछि विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यो उपलब्धि नेपाली फिल्म उद्योगका लागि कोसेढुङ्गा भएको उल्लेख गरिन्।डंगोलले यसपटक कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्म ‘अन सर्टेन रिगार्ड’ विधामा

    Data is loading...

    Loading brands...

    Loading footer...