पोडकास्टमा अश्लील शब्द प्रयोग गरेपछि तीन जनालाई प्रहरीले गरायो सचेत

Author

सजिलो पत्रिका

२०८३ जेठ ०८, शुक्रबार

8
Share
Featured

काठमाडौँ

पोडकास्टमा अश्लील शब्द प्रयोग गरेको आरोपमा तीन जना कमेडियन उत्सव सापकोटा, विशाल गौतम र साजन श्रेष्ठलाई प्रहरीले सचेत गराएको छ। नेपाल प्रहरीको साइबर ब्यूरोले उनीहरूलाई बोलाएर भविष्यमा यस्ता गतिविधि नगर्न निर्देशन दिएको हो।

सजन श्रेष्ठले सञ्चालन गरेको ‘द लास्ट क्वेश्चन’ नामक पोडकास्टमा सापकोटा र गौतमले अश्लील शब्द प्रयोग गरेको सामग्री प्रसारण भएपछि उनीहरूलाई ब्यूरोमा बोलाइएको प्रहरीले जनाएको छ।

साइबर ब्यूरोका एसपी दिलीपकुमार गिरीका अनुसार सञ्चालक र सम्बन्धित व्यक्तिहरूलाई नियन्त्रणमा लिएर सचेत गराइएको हो। उनीहरूले प्रहरीसँग माफी माग्दै भविष्यमा यस्ता शब्द प्रयोग नगर्ने प्रतिबद्धता जनाएको समेत उनले बताए।

प्रहरीका अनुसार जेठ ५ गते उनीहरू ब्यूरोमा उपस्थित भएर माफी मागेका थिए। त्यसपछि कागज गराई सम्झाइबुझाइ गरेर छोडिएको प्रहरीले जनाएको छ।

यो समाचारमा

साजन श्रेष्ठकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कर्णाली प्रदेशको नीति तथा कार्यक्रम, के-के परे प्राथमिकतामा (पूर्णपाठ)

    कर्णाली प्रदेश कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख यज्ञराज जोशीको स्वास्थ्य अवस्थाका कारण मुख्यमन्त्री यामलाल कँडेलले बुधबारको प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।नीति तथा कार्यक्रममा कृषि कृषि क्षेत्रलाइ जोड दिइएको छ। यसका साथै स्वास्थ्य,

    Data is loading...

    Loading brands...

    Loading footer...