चलचित्र पत्रकारिता दिवसमा पत्रकार सम्मानित

Author

सजिलो पत्रिका

२०८३ जेठ ०८, शुक्रबार

8
Share
Featured

काठमाडौँ

चलचित्र पत्रकार सङ्घ नेपालले २७औँ वार्षिकोत्सव तथा राष्ट्रिय चलचित्र पत्रकारिता दिवसका अवसरमा विभिन्न पत्रकार तथा व्यक्तित्वलाई सम्मान र पुरस्कार प्रदान गरेको छ।

कार्यक्रममा ‘राष्ट्रिय चलचित्र पत्रकारिता राजत सम्मान’ अनन्त वाग्लेलाई प्रदान गरिएको छ भने मरणोपरान्त विशेष सम्मान स्वर्गीय दिनेश सिटौलालाई दिइएको छ। त्यस्तै जयन सुब्बा मानन्धर, कुवेरराज गिरी, वैकुण्ठराज पराजुली, सुरक्षा भट्टराई र मिलन ढुङ्गाना लगायतलाई विभिन्न श्रेणीका सम्मान तथा पुरस्कार प्रदान गरिएको छ।

कार्यक्रममा चलचित्र क्षेत्रका कलाकार, पत्रकार तथा सम्बन्धित सरोकारवालाहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले चलचित्र पत्रकारिताले नेपाली चलचित्र क्षेत्रलाई स्थापित र सशक्त बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका छन्।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कान्समा नेपाली चलचित्रको ऐतिहासिक उपस्थिति, हाकु पटासीमा सुनिता डंगोल

    काठमाडौँकाठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले कान्स फिल्म फेस्टिभलमा नेपाली चलचित्रको सहभागिता र सफलता देशको सिर्जनशील क्षेत्रका लागि ऐतिहासिक उपलब्धि भएको बताएकी छन्। फ्रान्सबाट फर्किएपछि विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यो उपलब्धि नेपाली फिल्म उद्योगका लागि कोसेढुङ्गा भएको उल्लेख गरिन्।डंगोलले यसपटक कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्म ‘अन सर्टेन रिगार्ड’ विधामा

    Data is loading...

    Loading brands...

    Loading footer...