बालविवाह न्यूनीकरण गर्न मुगुमा साझा अभियान सञ्चालन

Author

सजिलो पत्रिका

२०८२ पुस ०७, सोमबार

12
Share
Featured
  • हिमाली जिल्ला मुगुमा बाल अधिकार सचेतना र बालविवाह न्यूनीकरणका लागि गैरसरकारी संस्थाहरूले संयुक्त रूपमा साझा अभियान सुरु गरेका छन्।
  • जिल्लामा सक्रिय १० वटा गैरसरकारी संस्था सिडिएसपार्क मुगुको संयोजकत्वमा एकजुट भई बालविवाहविरुद्ध सहकार्य गरिरहेका छन्।
  • यो अभियान छायाँनाथ रारा नगरपालिका, मुगुम कार्मारोङ्ग, सोरु र खत्याड गाउँपालिकामा नमुना रूपमा सञ्चालन हुने र सञ्चार क्षेत्रलाई पनि प्राथमिकतामा राखिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

हिमाली जिल्ला मुगुमा बाल अधिकार बारे सचेतना र बालविवाह न्यूनीकरणका लागि साझा अभियान सञ्चालन भईरहेको छ ।

मुगुमा लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएका गैरसरकारी संस्थाहरूले साझा अभियान चलाउन लागेका हुन् । यसका लागि जिल्लामा कार्यरत सबै गैरसरकारी संस्था एकजुट भएर लाग्ने प्रतिबद्धता जनाएका छन् ।

बालविवाह न्यूनीकरण गर्न उनीहरूले सहकार्यका लागि बालविवाह न्यूनीकरण गर्न साझा अभियान गरेका हुन् । यो अभियानमा जिल्लामा रहेका सक्रिय १० वटा गैरसरकारी संस्थाहरु लागिरहेका छन् । कर्णाली ग्रामिण उत्थान तथा समाज विकास केन्द्र सिडिएसपार्क मुगुको संयोजकत्वमा यो सञ्जाल गठन गरिएको छ ।

जसमा ग्रामिण सामुदायिक संस्था, नेपाल पत्रकार महासंघ मुगु , आई.एन.एफ नेपाल , किर्डाक नेपाल, हिरिसडेक , सहास नेपाल मालिका सामुदायिक विकास केन्द्र , जनसमुदाय सेवा केन्द्र , नागरिक समाज मुगु लगायतका संस्थाले बालविवाहविरुद्ध साझा अभियान सुरु गरेको कर्णाली ग्रामिण उत्थान तथा समाज विकास केन्द्र सिडिएसपार्क मुगुका कार्यकारी निदर्शेक अजबहादुर शाहीले बताए ।

बालविवाहको साझा अभियानमा छायाँनाथ रारा नगरपालिका , मुगुम कार्मारोंग गाउँपालिका , सोरु गाउँपालिकाखत्याड गाउँपालिकामा यस अभियानले नमुनाको रूपमा काम गर्ने कर्णाली ग्रामिण उत्थान तथा समाज विकास केन्द्र मुगुका सिनियर ब्यवस्थापन प्रमुख रुप बहादुर मल्लले विश्वास गरे । संघ संस्थाहरूको साझा अभियानमा संञ्चार क्षेत्रलाई समेत प्राथमिकताका साथ जोडेका छन् ।

यो समाचारमा

काठमाडौँखत्याड गाउँपालिकाछायाँनाथ रारा नगरपालिकामुगु
सोरु गाउँपालिका5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सुधन गुरुङबारे छानबिन समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

    काठमाडौँ।तत्कालीन गृहमन्त्री सुदन गुरुङमाथि लागेको अकुत सम्पत्तिको आरोपबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिले शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई आफ्नो प्रतिवेदन बुझाएको छ। जेठ १८ गते म्याद सकिएको समितिले पाँच दिनको थप समय लिएर प्रतिवेदन तयार पारेको हो।सम्पत्तिको स्रोत नखुलेको र अकुत सम्पत्ति जोडेको समाचार सार्वजनिक भएपछि गुरुङले गत वैशाख ९

    Data is loading...

    Loading brands...

    Loading footer...