चीनले सञ्चालनमा ल्यायो एआईमा आधारित ट्राफिक प्रहरी रोबोट

Author

सजिलो पत्रिका

२०८२ पुस ०३, बिहिबार

21
Share
Featured
  • चीनको हाङ्झोउ सहरमा “हाङसिङ नम्बर–१” नामक एआई प्रविधियुक्त ट्राफिक प्रहरी रोबोट सञ्चालनमा ल्याइएको छ।
  • उच्च क्यामेरा र सेन्सरयुक्त रोबोटले ट्राफिक तथा पैदलयात्रीको नियम उल्लङ्घन रियल–टाइममै पहिचान गरी आवाजमार्फत चेतावनी दिन्छ।
  • परीक्षण चरणमा रहेको यो रोबोटले मानव प्रहरीलाई सहयोग गर्दै भविष्यमा अझ उन्नत एआई प्रविधिसहित विस्तार गरिने तयारी छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

चीनले कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित ट्राफिक प्रहरी रोबोट सञ्चालनमा ल्याएको छ । चीनको पूर्वी प्रविधि केन्द्र झेजियाङ प्रान्तको हाङ्झोउ शहरमा एआई प्रविधियुक्त रोबोट ट्राफिक प्रहरीले औपचारिक रूपमा काम सुरु गरेको हो ।

“हाङसिङ नम्बर–१” नाम दिइएको यो ट्राफिक रोबोटलाई हाङ्झोउ सहरको ट्राफिक प्रहरीको रणनीतिक इकाइसँग सहकार्य गरेर विकास गरिएको हो । चौडा काँध, बेसबल क्याप र एआई अपरेटिङ सिस्टमसहित तयार गरिएको यो रोबोटले हात फैलाएर सवारी साधन तथा पैदलयात्रीलाई संकेतमार्फत निर्देशन दिन्छ र आवाजमार्फत ट्राफिक नियम पालना गर्न आग्रह गर्छ ।

उच्च क्षमताका क्यामेरा र सेन्सर जडान गरिएको यो रोबोटले ट्राफिक र पैदलयात्रीले गर्ने सामान्य नियम उल्लङ्घनलाई रियल–टाइममै पहिचान गर्न सक्छ । नियम उल्लङ्घन भएको खण्डमा रोबोटले तुरुन्तै आवाजमार्फत चेतावनी दिने गर्छ । एक पैदलयात्रीका अनुसार, आधा मिटरभन्दा कम दूरीमै रेखा नाघ्दा पनि रोबोटले तुरुन्तै सचेत गराएको थियो ।

जसले यसको छिटो प्रतिक्रिया क्षमताको पुष्टि गर्छ । त्यस्तै, एक मोटरसाइकल चालकले रोबोट देख्नासाथ अनायासै प्रतीक्षा रेखामा रोकिने बानी परेको भन्दै यसले प्रहरी जनशक्तिको खर्च कम गर्न सहयोग गर्ने र भविष्यमा यस्तो प्रविधि सामान्य बन्ने विश्वास व्यक्त गरे ।

ट्राफिक नियम उल्लङ्घन पहिचान गर्नुका साथै यो रोबोट ट्राफिक सिग्नल प्रणालीसँग समन्वयमा काम गर्दै मानव प्रहरीलाई सवारी व्यवस्थापन र सडकमा अनुशासन कायम राख्न सहयोग गर्छ । प्रहरी अधिकारी झाङ वान्झेका अनुसार, हाल यो रोबोट दुईवटा मोडमा सञ्चालन भइरहेको छ ।

सडकको बीच भागमा उभिएर सवारी निर्देशन दिने र चोक–चौराहामा मार्गदर्शन गर्ने । अहिले परीक्षण चरणमा रहेको यो एआई ट्राफिक व्यवस्थापन रोबोटलाई आगामी दिनमा ठूलो भाषा मोडेल प्रविधिसहित अझ उन्नत बनाइने विकासकर्ताहरूले बताएका छन् । जसले यसलाई अझ व्यापक र प्रभावकारी आवाजीय अन्तरक्रिया गर्न सक्षम बनाउनेछ ।

यो समाचारमा

काठमाडौँचीनकृत्रिम बुद्धिमत्ता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    निर्धक्क भएर व्यवसाय गर्नुहोस्, कसैलाई चन्दा दिनु पर्दैन- असिम शाह

    काठमाडौँ।प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)का राजनीतिक सल्लाहकार एवं संविधान संशोधन कार्यदलका संयोजक असिम शाहले व्यवसायीहरूलाई निर्धक्क भएर लगानी र व्यवसाय सञ्चालन गर्न आग्रह गरेका छन्। प्रधानमन्त्री कार्यालयमा निजी क्षेत्रका प्रतिनिधिहरूसँगको छलफलमा उनले सरकारले कुनै पनि व्यवसायीलाई लक्षित गरी धरपकड नगरेको र केवल आपराधिक गतिविधिमा संलग्नहरूमाथि मात्र कानुनी कारबाही भइरहेको स्पष्ट पारे।संयोजक

    Data is loading...

    Loading brands...

    Loading footer...