निर्धक्क भएर व्यवसाय गर्नुहोस्, कसैलाई चन्दा दिनु पर्दैन- असिम शाह

Author

सजिलो पत्रिका

२०८३ जेठ १३, बुधबार

7
Share
Featured
  • प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार एवं संविधान संशोधन कार्यदलका संयोजक असिम शाहले व्यवसायीलाई निर्धक्क भएर लगानी गर्न आग्रह गर्दै सरकारले आपराधिक गतिविधिमाथि मात्रै कारबाही भइरहेको बताए।
  • सरकारले निजी क्षेत्रमैत्री बजेट, ‘एकद्वार प्रणाली’ र ठूला परियोजनामा PPP मोडल लागू गर्ने तयारी गरेको जानकारी दिइयो।
  • उद्योगी–व्यवसायीहरूले संविधानमा ‘समाजवाद उन्मुख’ हटाई ‘खुला बजार अर्थतन्त्र’ राख्न र निजी क्षेत्रलाई संवैधानिक मान्यता दिन सुझाव दिएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)का राजनीतिक सल्लाहकार एवं संविधान संशोधन कार्यदलका संयोजक असिम शाहले व्यवसायीहरूलाई निर्धक्क भएर लगानी र व्यवसाय सञ्चालन गर्न आग्रह गरेका छन्। प्रधानमन्त्री कार्यालयमा निजी क्षेत्रका प्रतिनिधिहरूसँगको छलफलमा उनले सरकारले कुनै पनि व्यवसायीलाई लक्षित गरी धरपकड नगरेको र केवल आपराधिक गतिविधिमा संलग्नहरूमाथि मात्र कानुनी कारबाही भइरहेको स्पष्ट पारे।

संयोजक शाहले व्यवसायीहरूले कुनै पनि पार्टी वा पदाधिकारीलाई चन्दा दिनु नपर्ने बताउँदै त्यस्तो दबाब आए सरकारलाई जानकारी दिन आग्रह गरे। उनले आगामी बजेट निजी क्षेत्रमैत्री हुने, प्रशासनिक झन्झट हटाउन 'एकद्वार प्रणाली' लागू गरिने र ठूला परियोजनामा 'पीपीपी' मोडल अपनाइने जानकारी दिए।

छलफलका क्रममा उद्योगी–व्यवसायीहरूले संविधानको प्रस्तावनामा रहेको ‘समाजवाद उन्मुख’ शब्द अस्पष्ट भएको भन्दै त्यसको सट्टा ‘प्रतिस्पर्धात्मक तथा खुला बजार अर्थतन्त्र’ राख्न सुझाव दिएका छन्। उनीहरूले निजी क्षेत्रलाई राज्यको प्रमुख आर्थिक साझेदारका रूपमा संवैधानिक मान्यता दिन र जग्गा, वन तथा वातावरणसम्बन्धी झन्झटिला प्रक्रिया हटाउन समेत माग गरेका छन्। शाहले प्राप्त सुझावहरूलाई संविधान संशोधनको बहसपत्रमा प्राथमिकताका साथ समेट्ने प्रतिबद्धता जनाएका छन्।

यो समाचारमा

काठमाडौँबालेन्द्र शाह (बालेन)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जेन्जीसँग हात मिलाउँदै डा. राणा, मलमासपछि नयाँ राष्ट्रवादी दल घोषणा गर्ने तयारी ।

    काठमाडौं ।  नयाँ दल गठनको तयारीमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा )का नेता डा. धवलशमशेर राणाले ‘राष्ट्रवादी शक्ति’ निर्माणको लागि जेनजी पुस्तासँग छलफल अघि बढाएका छन्।राणाले बुधबार ‘जेनजी एलायन्स फर मोनार्की’ मा आबद्ध युवाहरूसँग भेटवार्ता गरेका हुन्। राजसंस्थावादी राजनीतिक शक्तिहरूलाई एउटै मञ्चमा उभ्याएर वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले उनले

    Data is loading...

    Loading brands...

    Loading footer...