अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा जनकपुरधाममा प्रभातफेरी

Author

सजिलो पत्रिका

२०८२ मंसिर २४, बुधबार

13
Share
Featured
  • अन्तर्राष्ट्रिय मानव अधिकार दिवसमा नेपाल बार एशोसिएसनले जनकपुरधाममा हजारौं कानुन व्यवसायी सहभागी भएको भव्य प्रभातफेरी आयोजना गर्यो।
  • दुई दिनसम्म चल्ने कार्यक्रममा मानव अधिकारसम्बन्धी एक वर्षका गतिविधिहरू समेटेर अवधारणा पत्र प्रस्तुत गरिनेदे बताए।
  • छलफलपछि जनकपुरधाम घोषणा पत्र सार्वजनिक हुने छ र उद्घाटन सत्रमा प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले धारणा राख्ने छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

अन्तराष्ट्रिय मानव अधिकार दिवसको उपलक्ष्यमा नेपाल बार एशोसिएसनले जनकपुरधाममा भव्य प्रभातफेरी कार्यक्रम गरेको छ ।

बुधबार देशभरका हजारौं कानुन व्यवसायीहरुको उपस्थितीमा जनकपुरधामको विभिन्न चोक हुँदै प्रभातफेरी र्याली निकालिएको छ ।

एशोसिएसनले आज र भोली दुई दिन जनकपुरधाममा दिवस मनाउन लागेको हो । एशोसिएसनले जनकपुरधामस्थित महेन्द्र नारायण निधि सांस्कृतिक सभा हलमा मानव अधिकारको सन्दर्भमा एक वर्ष भरिका मानव अधिकार सम्बन्धी गतिविधीहरु समेटेर अवधारणा पत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको नेपाल बार एशोसिएसनका महासचिव केदार प्रसाद कोइरालाले जानकारी दिए ।

उनले सो अवधारणा पत्रमा सहभागीहरुले व्यापक छलफल गर्ने र अन्तिममा नेपाल बार एशोसिएसनले जनकपुरधाम घोषणा पत्र सार्वनिक गरिने बताए । घोषणा पत्रमा नेपालभरिको मानव अधिकारको अवस्था र अबको दिनमा मुलुकले लिनुपर्ने मानव अधिकारका विषयमा नितीहरुलाई समेटिने महासचिव कोइरालाले जानकारी दिए । आज हुने बृहत गोष्ठि कार्यक्रमको उद्घाटन सत्रमा नेपालका प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वातावरण संरक्षणमा सबैको साझा प्रयास आवश्यक- मुख्यमन्त्री कार्की

    काठमाडौँ।विश्व वातावरण दिवस (जुन ५) को अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले जलवायु परिवर्तनका कारण प्रदेशमा देखिएकागम्भीर चुनौतीप्रति चिन्ता व्यक्त गरेका छन्। शुक्रबार एक शुभकामना सन्देश जारी गर्दै उनले हिमालदेखि तराईसम्म फैलिएको कोशी प्रदेशले जलवायु परिवर्तनको प्रत्यक्ष असर भोगिरहेको उल्लेख गरे।मुख्यमन्त्री कार्कीले हिउँ पग्लने दर बढ्नु, हिमताल विस्फोटको जोखिम,

    Data is loading...

    Loading brands...

    Loading footer...