विद्युत् प्राधिकरणमा हितेन्द्र शाक्यको पुनर्वहाली, भने- 'न्यायको जीत भयो'

Author

सजिलो पत्रिका

२०८२ मंसिर २३, मङ्गलबार

20
Share
Featured
  • सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक पदमा हितेन्द्र देव शाक्यलाई पुनर्वहाली गर्न परमादेश जारी गरेको छ ।
  • शाक्यले यो निर्णयलाई ‘न्यायको जीत’ भन्दै सरकारद्वारा हटाइएकामा न्यायालयले राहत दिएको प्रतिक्रिया दिए।
  • दुई न्यायाधीशको संयुक्त इजलासले गरेको निर्णयपछि, सरकारद्वारा शाक्यलाई हटाई मनोज सिलवाल नियुक्त गर्ने निर्णय खारेज भएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा हितेन्द्र देव शाक्यलाई पुनर्वहाली गर्न परमादेश जारी गरेको छ । अदालतको फैसलापछि शाक्यले यसलाई 'न्यायको जीत' भन्दै सरकारको निर्णयबाट आहत भएकोमा न्यायालयले राहत दिएको प्रतिक्रिया दिएका छन् ।

"न्यायालयको निर्णयले राहत महसुस भएको छ," उनले भने, "अब आफ्नो योग्यता र क्षमताअनुसार देश, जनता र प्राधिकरणको हितमा काम गर्नेछु ।"

सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले शाक्यको पक्षमा फैसला सुनाएको हो ।

सरकारले गत असोज ५ गते शाक्यलाई कार्यकारी निर्देशकबाट हटाएर जल तथा ऊर्जा आयोगमा सरुवा गरेको थियो । उनको ठाउँमा मनोज सिलवाललाई नियुक्त गरिएको थियो । सरकारको उक्त निर्णयविरुद्ध शाक्यले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए, जसको अन्तिम फैसला आज उनको पक्षमा आएको हो ।

यो समाचारमा

काठमाडौँनेपाल विद्युत प्राधिकरणहितेन्द्र देव शाक्यसर्वोच्च अदालत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सम्पर्कविहीन कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही

    काठमाडौँ, जेठ २१ भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अध्ययन बिदा तथा असाधारण बिदामा रहेका केही निजामती कर्मचारीहरू बिदा अवधि समाप्त भएपछि सम्बन्धित कार्यालयमा नियमित रूपमा हाजिर नभएको, लामो समयदेखि कार्यालयको सम्पर्कमा नरहेको तथा राष्ट्रिय किताबखाना (निजामती) मा व्यक्तिगत विवरण (PIS) अद्यावधिक नभएको सम्बन्धमा जानकारी तथा गुनासा प्राप्त

    Data is loading...

    Loading brands...

    Loading footer...