एनपीएलमा आज २ खेल : लुम्बिनी र सुदूरपश्चिम तथा जनकपुर र पोखरा खेल्दै

Author

सजिलो पत्रिका

२०८२ मंसिर ११, बिहिबार

11
Share
Featured
  •  अपराजित सुदूरपश्चिम रोयल्स (३ खेल, ६ अंक) लुम्बिनी लायन्ससँग भिड्दैछ; लुम्बिनी लगातार दुई हारपछि पुनरागमनको दबाबमा।
  • जनकपुर बोल्टस र पोखरा एभेन्जर्स दुवै टोली पहिलो जितको खोजीमा आमनेसामने; दुवैले अहिलेसम्म अंक खोलेका छैनन्।
  • आजका दुवै खेल टोलीहरूका लागि अंक तालिकामा महत्वपूर्ण प्रभाव पार्ने निर्णायक मानिएका छन्।
समाचार सारांशGenerated using AI.

 काठमाडौँ

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (बिहीबार) दुईवटा महत्वपूर्ण खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन् भने दोस्रो खेलमा जनकपुर बोल्टस र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन् ।

बिहान ११:४५ बजे सुरु हुने पहिलो खेलमा अपराजित रहेको सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सको सामना गर्नेछ । ३ खेलमा ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहेको दिपेन्द्र सिंह ऐरीको कप्तानीको सुदूरपश्चिम आफ्नो अपराजित यात्रालाई निरन्तरता दिन चाहन्छ । यता, ३ खेलमा २ अंक मात्र जोडेको र लगातार दुई हार बेहोरेको रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी आजको खेल जित्दै प्रतियोगितामा पुनरागमन गर्ने लक्ष्यमा हुनेछ ।

त्यस्तै, दिउँसो ४ बजे हुने दोस्रो खेलमा जनकपुर बोल्टस र पोखरा एभेन्जर्स पहिलो जितको खोजीमा मैदान उत्रनेछन् । दुवै टोलीले प्रतियोगितामा हालसम्म अंकको खाता खोल्न सकेका छैनन् । अनिल शाहको नेतृत्वमा रहेको जनकपुरकुशल भुर्तेलको कप्तानीमा रहेको पोखराले खेलेका दुवै खेलमा हार बेहोरेका छन् । त्यसैले आजको खेलमा दुवै टोली सुखद नतिजा निकाल्दै प्रतियोगितामा पहिलो अंक जोड्न आतुर हुनेछन् ।

यो समाचारमा

कुशल भुर्तेलदिपेन्द्र सिंह ऐरीजनकपुरकाठमाडौँ
क्रिकेट5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नेपाललाई कतारले दियो ७७ रनको लक्ष्य

    काठमाडौँ।मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको आफ्नो पहिलो खेलमा नेपालले जितका लागि ७७ रनको सामान्य लक्ष्य पाएको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कतारले १६.५ ओभरमा सबै विकेट गुमाउँदै ७६ रन मात्र बनाउन सक्यो।कतारका लागि ओपनर गेटरुडे चन्दिरुले सर्वाधिक २५ रन जोडिन् भने कप्तान आइशाले १० रन बनाइन्। अन्य

    Data is loading...

    Loading brands...

    Loading footer...