विदेशी पर्यटक र सवारीसाधनका लागि वीरगन्जमा एकल सुरक्षा जाँच प्रणाली लागू

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०३, बुधबार

10
Share
Featured
  • वीरगन्ज नाकाबाट नेपाल प्रवेश गर्ने विदेशी सवारी अब एकैपटक सीमामा चेकजाँच गरिएपछि देशभित्र दोहोरो जाँच नहुने व्यवस्था लागू।
  • सीमामा सम्पूर्ण कागजात, भन्सार तथा सुरक्षा प्रक्रिया पूरा गरी सूचना सम्बन्धित प्रहरी चौकीमा पठाइनेछ, जसले यात्रुको झन्झट र समय खेर जान रोक्नेछ।
  • नयाँ प्रणालीले पर्यटकमैत्री वातावरण बनाउन, पर्यटन प्रवद्र्धन बढाउन तथा नाका व्यवस्थापनलाई आधुनिक र व्यवस्थित बनाउन सहयोग गर्ने अपेक्षा।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सुरक्षाको नाममा पर्यटकसँग दोहोरो चेकजाँच गर्दै आएको प्रचलन हटाउन नेपाल प्रहरीले नयाँ व्यवस्था लागू गरेको छ । वीरगन्ज नाका हुँदै नेपाल प्रवेश गर्ने विदेशी सवारी साधनलाई अब सीमाक्षेत्रमा एक पटक मात्र सुरक्षा जाँच गरी देशभित्र पुनः जाँच गर्न नपर्ने व्यवस्था आजदेखि लागू भएको हो ।

नेपाल प्रहरीको मधेश प्रदेश कार्यालय जनकपुरको निर्देशनमा जिल्ला प्रहरी कार्यालय, पर्साले सीमाक्षेत्रमै सम्पूर्ण कागजात जाँच, भन्सार प्रक्रिया र आवश्यक व्यवस्थापन गर्ने प्रणाली गतिशील रूपमा लागू गरेको छ ।

प्रहरी उपरीक्षक (एसपी) सुदिपराज पाठकका अनुसार, सीमामा जाँच पूरा भएपछि उक्त सवारी साधनको नम्बर, कागजात विवरण र सूचनाहरू प्रदेशभित्रका सम्बन्धित प्रहरी चौकी तथा कार्यालयमा पूर्व–सूचना स्वरूप पठाइनेछ । “यसपछि मधेस प्रदेशका अन्य नाकामा पुनः रोकावट वा चेकजाँच गरिने छैन,” एसपी पाठकले जानकारी दिए ।

उनका अनुसार यतिअघि चेकजाँचको नाममा भारतीय नम्बरका सवारी साधनमा यात्रासहित आउने पर्यटकहरूलाई अनावश्यक झन्झट र समय बर्बाद हुने गरेको गुनासो बढ्दै आएको थियो । सुरक्षालाई ध्यानमा राख्दै यात्रुलाई सहज र सम्मानजनक सेवा दिन नयाँ विधि लागू भएको उनले बताए ।

पर्यटन प्रवद्र्धनमा सहयोग

नयाँ व्यवस्थाले वीरगन्ज हुँदै नेपाल प्रवेश गर्ने पर्यटकमैत्री वातावरण निर्माण गर्ने विश्वास प्रहरीले लिएको छ । एसपी पाठकले भने, ‘यो व्यवस्था लागू भएपछि यात्रु–अनुकूल वातावरण बन्नेछ र यसले पर्यटन प्रवद्र्धनमा पनि सकारात्मक टेवा पु¥याउनेछ ।’

यससँगै विदेशी सवारी व्यवस्थापन र नाका अनुगमन प्रक्रियालाई आधुनिक, सरल र व्यवस्थित बनाउन प्रहरीले दीर्घकालीन संरचनागत सुधारको तयारी गरिरहेको जनाएको छ ।

यो समाचारमा

मधेश प्रदेशकाठमाडौँजनकपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    राजदूत बन्न एसएमएस गर्ने सचिवमाथि प्रधानमन्त्री शाहको व्यङ्ग्य

    काठमाडौँ।प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले राजदूत पदका लागि 'सोर्सफोर्स' लगाउन खोज्ने सचिव कृष्णहरि पुष्करप्रति सामाजिक सञ्जालमार्फत कडा व्यङ्ग्य गरेका छन्। शनिबार मध्यराति फेसबुकमा एक स्टाटस लेख्दै प्रधानमन्त्री शाहले भनेका छन्, ‘मलाई पनि एम्बासडर (राजदूत) बन्न मन छ, पीएम (प्रधानमन्त्री) को नम्बर छ भने यसो दिनुस् न।’यो व्यङ्ग्य उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि

    Data is loading...

    Loading brands...

    Loading footer...