सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०१, सोमबार १६:०८

5
Share
Featured

काठमाडौँ । सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ । गत भदौ २४ गतेको 'जेनजी' आन्दोलनपछि आगजनी भएर आशिंक रूपमा मात्रै सञ्चालन हुँदै आएको अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन भएको हो ।

सर्वोच्च अदालतको गत कात्तिक २१ गतेको पूर्ण बैठक ले आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाटका घटनाबाट सुरक्षित मुद्दाहरू तथा अवरुद्ध भएका सबै सेवाको मङ्सिर १ गतेदेखि नियमित रूपमा सञ्चालन गर्ने निर्णय गरेको थियो ।

“मुद्दाका मिसिलहरू नष्ट हुनबाट बचेकाले पेसी तारेखको मिति आउन बाँकी रहेका ती मुद्दाको मङ्सिर १ गतेदेखि पूर्ववत् रूपमा तोकिएको पेसी तारेखको दिन नियमित सुनुवाइ हुनेछ”, पूर्ण बैठकले भनेको थियो, “अन्य पेसी नचढेका मुद्दाहरूको कानुनबमोजिम अङ्ग पुर्‍याई सुनुवाइ गरिने व्यहोरा सम्बन्धित मुद्दाका पक्ष र अन्य सरोकार भएकाहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।”

अवरुद्ध भएका सेवा सुरु हुनुका साथै मुद्दा, पुनरावेदनपत्र, दोहोर्‍याई पाउको निवदेन तथा पुनरावलोकन निवेदनका सबै मुद्दा तथा निवेदनहरू, दर्ता एवं सुनुवाइ आजदेखि सुरु भएको सर्वोच्च अदालतले जनाएको छ । जेनजी आन्दोलनका कारण अदालतको भौतिक संरचना पूर्ण रूपमा नष्ट भएको थियो भने मुद्दाका मिसिलहरूसमेत जलेका थिए । अदालतको सूचना प्रविधि शाखाले सूचना प्रणालीको ‘रिकभर’ (पुनःप्राप्त) गरेको छ । रासस

यो समाचारमा

सर्वोच्च अदालतकाठमाडौँ

ट्यागहरू

#जेनजी पुस्ताहरुको माग#जेनजी प्रदर्शन#सर्वोच्च अदालत#जेनजी विद्रोह#जेनजी#जेनजी पुस्ता#जेनजी आन्दोलन#जेनजी -Gen Z _] पुस्ताले भ्रष्टाचारविरुद्ध गरेको आन्दोलन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा

    काठमाडौँ।सशस्त्र प्रहरी बल नेपालले भन्सार छलेको आशङ्कामा मुस्ताङको कोरोला नाकाबाट भित्रिएका ७७४ वटा विद्युतीय सवारीसाधन नियन्त्रणमा लिएको छ । मुस्ताङको जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जाबाट गएराति ती गाडी नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्टले राससलाई जानकारी दिनुभयो । गाडी नियन्त्रणमा लिन सशस्त्र प्रहरी बल नेपाल नं ३३ गुल्म मुस्ताङ,

    sajilo patrika

    विदेशबाट फर्किएपछि विजयकुमार बने उत्कृष्ट कृषक

    जातीय भेदभाव अन्त्यका लागि कानुनी व्यवस्था मात्र पर्याप्त छैन- राष्ट्रपति पौडेल

    उपत्यकामा २४ घण्टामा २४४५ चालक कारबाहीमा

    जेन्जीसँग हात मिलाउँदै डा. राणा, मलमासपछि नयाँ राष्ट्रवादी दल घोषणा गर्ने तयारी ।

    Ad

    भर्खरै

    News Image

    जातीय भेदभाव अन्त्यका लागि कानून संशोधन गर्ने मन्त्री वादीको प्रतिबद्धता

    News Image

    भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा

    News Image

    तोलामा २०० रूपैयाँले घट्यो सुन

    News Image

    कान्तिपुर सहकारीका १०० ऋणीको नामावली सार्वजनिक

    Ad
    Ad

    ट्रेन्डिङ

    Ad

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू