कांग्रेस अधिवेशनका लागि दुई वटा प्रस्ताव आएका छन् : प्रवक्ता महत

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १८, मङ्गलबार

11
Share
Featured
  • नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा अधिवेशनबारे दुई प्रस्ताव आएका छन् — गगन थापाले निर्वाचनअघि गर्न र महेन्द्र यादवले चैत–बैशाखमा सम्पन्न गर्न सुझाव दिए।
  • प्रवक्ता प्रकाशशरण महतका अनुसार अधिवेशनको विषय बैठकको मुख्य प्राथमिकता बनेको छ।
  • उनले अझै फरक प्रस्ताव आउन सक्ने र छलफलबाट साझा निष्कर्ष निकाल्ने सम्भावना रहेको बताए।
  • बैठकमा गगन थापा, महेन्द्र यादव, उमेश श्रेष्ठलगायत धेरै नेताहरूले आफ्ना धारणा राखे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा अधिवेशनका लागि दुई वटा प्रस्ताव आएको नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिएका छन् । 

मंगलबार नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पश्चात सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले महामन्त्री गगन थापाले र सहमहामन्त्री महेन्द्र यादवले आफ्नो व्यक्तिगत तर्फबाट अधिवेशनका लागि प्रस्तावहरु आएको बताएका हुन् । 

उनले भने, ‘आज केन्द्रिय समितिको बैठकमा व्यक्तिगतरुपमा दुई वटा प्रस्ताव अगाडि आए तपाईंहरुलाई थाहा छ । महामन्त्री गगन थापाले निर्वाचन अगाडि अधिवेशन गर्न सकिने प्रस्ताव उहाँले ल्याउनु भएको छ भने सहमहामन्त्री महेन्द्र यादवले पनि यो निर्वाचन र अधिवेशन सँग–सँगै लादा अप्ठ्यारो पर्छ समय पनि हामीलाई पुग्दैन । क्रियाशिल सदस्य अगाडि पुग्यौँ र वडादेखिको अधिवेशन चै चैतबाट सुरु गरेर बैशाख भित्रै सकौँ भन्ने उहाँहरुको प्रस्ताव थियो।’ 

नेता महतले चासो र चिन्ताका विषय, राष्ट्रिय मुद्धा धेरै भएपनि बैठकमा अधिवेशनका कुराले ज्यादा प्राथमिकता पाइरहेको बताए । 

उनले बैठकमा अझै फरक किसिमको प्रस्ताव आउन सक्ने भन्दै छलफलबाट साझा निश्कर्ष निकाल्न सक्ने बताए । 

‘हामी साझा निश्कर्षमा अझै पनि निचोड निकाल्न सक्छाँै, सर्वसहमतीका साथ निकाल्न सक्छाँ भन्ने लागेको छ । अब छलफल जारी छ अहिले यसै भन्न सकिन्छ तर हाम्रो कोशिष त्यही हुन्छ,’ उनले भने । 

आजको बैठकमा महामन्त्री गगनकुमार थापा, सहमहामन्त्री महेन्द्र यादव, कोषाध्यक्ष उमेश श्रेष्ठ र केन्द्रीय सदस्यहरू कृष्ण प्रसाद सिटौला, डा. चन्द्र भण्डारी, कर्णबहादुर बुढा, डा. रणबहादुर रावल, दिलमान पाख्रिन, कुन्दनराज काफ्ले, राधा घले र शारदा पौडेलले आ–आफ्नो धारणा राखेका थिए । 

यो समाचारमा

काठमाडौँडा. चन्द्र भण्डारीकृष्ण प्रसाद सिटौलानेपाली काँग्रेस
गगन थापा5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जेन्जीसँग हात मिलाउँदै डा. राणा, मलमासपछि नयाँ राष्ट्रवादी दल घोषणा गर्ने तयारी ।

    काठमाडौं ।  नयाँ दल गठनको तयारीमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा )का नेता डा. धवलशमशेर राणाले ‘राष्ट्रवादी शक्ति’ निर्माणको लागि जेनजी पुस्तासँग छलफल अघि बढाएका छन्।राणाले बुधबार ‘जेनजी एलायन्स फर मोनार्की’ मा आबद्ध युवाहरूसँग भेटवार्ता गरेका हुन्। राजसंस्थावादी राजनीतिक शक्तिहरूलाई एउटै मञ्चमा उभ्याएर वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले उनले

    Data is loading...

    Loading brands...

    Loading footer...